Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआयो अशोक सिलवालको ‘अप्प दीपो भवः’

आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’


काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो ।

लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । ‘तिब्बत गए पनि धेरै बर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोबर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिकचाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन् ।

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिवद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले यत्ति भने, ‘यो प्रकृति र अध्यात्मतिरको यात्रा हो, आफैतिरको यात्रा हो ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT