Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमहाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल

महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल


काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा पर्न सफल भएको छ।

आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तर लागिपरेको महाभारत गाउँपालिकाले वित्तीय व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शून्य बेरुजु पालिकाको रुपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

महाभारत गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, सेवाग्राही र सरोकारवालाहरूको समन्वय र निरन्तर प्रयासकै परिणामस्वरूप यो सफलता हासिल भएको गाउँपालिकाले जनाएको छ।

महाभारत गाउँपालिकाका अध्यक्षले सम्पूर्ण महाभारतबासीलाई बधाई दिँदै भन्नुभयो, “हामी परिणाममा विश्वास गर्छौं, चाहे कार्यसम्पादन होस् वा शून्य बेरुजु। जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने हाम्रो दृढ अठोट आगामी दिनमा पनि जारी रहनेछ।”

महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो उपलब्धि हासिल गर्नु सम्पूर्ण गाउँपालिका र जिल्लाका लागि गर्वको विषय बनेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT