Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकेन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत हटाउनुपर्ने

केन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत हटाउनुपर्ने


काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा निवेदन परेको छ। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा टिकट बाँडेको र स्ववियु निर्वाचनमा पैसाको चलखेल गरेर दाङको महेन्द्र बहुमुखी क्याम्पस र धादिङको आदर्श क्याम्पस गजुरीमा विभिन्न स्वार्थ समूहसँग मिलेर क्याम्पसको स्ववियु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई बुझाएको गम्भीर आरोप लगाउँदै निवेदन परेको हो।

नेविसंघका केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह साथै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेर अनुशासन समितिमा निवेदन हालेका हुन्। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा पारेर दुई(दुई वटा टिकट बाँडेर बागी उम्मेदवारलाई सहयोग गरेको, अनधिकृत रूपमा सङ्गठनको केन्द्रीय सदस्य बाँडेको जस्ता आरोप उनीहरूले लगाएका छन्।

अध्यक्ष शेर्पाले विभिन्न ठाउँमा आर्थिक चलखेल गर्दै नेविसंघलाइ बेचेको जस्ता गम्भीर आरोप निवेदनमा उल्लेख छन्।

आफ्नो स्वार्थ अनुकूल इकाई समिति वितरण गर्ने खारेज गर्ने गरेको, सङ्गठनमा दुख गरेका पुराना कार्यकर्तालाई डराएर धम्क्याएर सङ्गठन छोड्न बाध्य पारेको जस्ता अवाञ्छित गतिविधि गरेको भन्दै अध्यक्ष शेर्पा र अनुशासन समितिका संयोजक परोपकार अधिकारी माथि आवश्यक छानबिन गरी साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

अनुशासन समितिका संयोजक अधिकारीलाई उनीहरूले अवैधानिक संयोजक भनेका छन्। सहमतीमा स्ववियू निर्बाचन गरेपछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेपाली बिभिन्न नोिसंघका नेताहरुलाई कारबाही गरेका थिए भने त्यसपछि ताला लगाउने र एकले अर्कोलाई कारबाह्ी गर्ने क्रम बढिरहेको अवस्था रहेको छ, यसैविचमा नेविसंघका नेताहरुले अध्यक्ष शेपालाई नै कारबाहीको माग गर्दै निवेदन दिएक हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT