Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन

विशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन


काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंले २०८२ सालको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

युवा विद्यार्थी विशेषको कार्यालय बुद्धनगरमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेशका कमिटिका इञ्चार्ज सुजिता शाक्यले क्यालेन्डरको विमोचन गरेकी हुन् ।

विमोचन पश्चात शाक्यले ‘यस्ता रचनात्मक कार्य गर्दा पार्टी र कमिटी दुवैको महत्व बढ्छ, पार्टी आन्दोलन उठाउन र जनतामाझ पुग्न सजिलो हुन्छ’ भन्दै यीलगायत अरु कामहरु गर्न सल्लाह दिइन् । शाक्यले ‘मिसन ०८४’ मा लाग्न आग्रह गर्दै सबैलाई एमालेमा एकजुट हुन आग्रह समेत गरिन् ।

उपत्यका विशेष प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले यो जिल्ला कमिटीको महत्व र पावर बढेको बताए ।

प्रचार विभाग प्रमुख किरण देउजाले ‘यो प्रचार विभागको वार्षिक कार्य योजना अन्तर्गतकै कार्यक्रम रहेको र केही समय भित्र नै कमिटीको मुखपत्र निकाल्ने तयारी भएको’ बताए । अर्को प्रसंगमा देउजाले ‘यो कमिटीको ३४ वर्षको इतिहासमा पहिलोपटक यस्ता रचनात्मक कार्य सुरु गरेकोले आगामी दिनमा निरन्तरता दिने’ बताए ।

उक्त कार्यक्रममा उपत्यका विशेष प्रदेशका उपसचिव उर्मिला सुनुवार, प्रदेश सदस्यहरु रमेश भट्टराई, उषा अधिकारी, पेशागत जिल्ला कमिटी अध्यक्ष मोहनकुमार पराजुली लगायतले शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु कोषाध्यक्षमा निर्वाचित सञ्चमाया सुब्बा र नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु उपाध्यक्षमा निर्वाचित पुषा मगरलाई सम्मान समेत गरिएको थियो । कमिटीका अध्यक्ष शुदर्शन शिवाकोटीको अध्यक्षतामा र सचिव नरेन्द्र न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT