Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रडेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव


भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बुधबार बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् ।

भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुनेछ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका छन्, अध्यक्ष महतले भने ।

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री भईरहेका छन् । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु छन् ।

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालनमा रहेको संयोजक थापाले पत्रकार सम्मेलनमा भने ।

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्गय तथा फेशर्न याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणको छ ।

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।

मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु। ५० र रु। ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना हुदैंछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT