Techie IT
Saturday, December 13, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा नब्बे प्रतिशतभन्दा माथि उतीर्ण

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा नब्बे प्रतिशतभन्दा माथि उतीर्ण


हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक विद्यालय ले उत्कृष्ट प्रदर्शन गर्दै १००% नतिजा ल्याएको छ।

विद्यालयका अधिकांश विद्यार्थीले गणित विषयमा ९०% भन्दा माथि अंक ल्याएका छन्, जुन विशेष रूपमा उल्लेखनीय छ। २०८१ सालको आधारभूत शिक्षा समाप्ति परीक्षामा सहभागी भएका २६९ जना विद्यार्थीमध्ये २४३ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्।

गणित विषयमा ७१ जनाले A+, ८२ जनाले A, र ३५ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। शिक्षामा निरन्तर लगानी, गुणस्तरीय शिक्षक, र अभिभावकको सक्रियताले गर्दा हेलम्बु क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको हेलम्बु गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार, शिक्षक र विद्यार्थी दुवैको मेहनत तथा प्रविधिमैत्री शिक्षण विधिको अपनाइले यो सफलता सम्भव भएको हो। हेलम्बु गाउँपालिकाका अन्य विद्यालयले पनि क्रमशः आफ्नो शैक्षिक प्रदर्शनमा सुधार ल्याइरहेका छन्, जसले गाउँपालिकाको समग्र शिक्षाको स्तर माथि उकास्ने विश्वास लिइएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

Techie IT