Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख कार्कीले शिक्षा र स्वास्थ्य कुनै पनि समुदायको मेरुदण्ड भएको बताउँदै, वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको र स्विस सरकारको सहयोगमा सञ्चालन गरिएको प्रभावकारी विधि भएको उल्लेख गरे । उनले नगरपालिकाले यस सेवालाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

विद्यार्थी र युवाका लागि मार्गनिर्देशन सेवा

यस केन्द्रमार्फत नगरभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ। नगरप्रमुख कार्कीका अनुसार सहज रूपमा शिक्षा प्राप्त गरे पनि करिअर विकास भने चुनौतीपूर्ण भइरहेको बेला, वृत्ति मार्गनिर्देशन सेवा युवाहरूका लागि अन्धकारमा उज्यालो किरणसरह प्रभावकारी बन्न सक्छ।

परियोजनामा मनोविज्ञानमा दक्ष परामर्शदाता तथा मार्गनिर्देशन सहजकर्ताहरूले युवाहरूलाई आवश्यक परामर्श प्रदान गर्नेछन्। साथै, डिजिटल प्रविधिको प्रयोग गरी विद्यार्थीहरूको योग्यता परीक्षण गरिनेछ, जसका आधारमा उनीहरूको रुचि, क्षमता तथा श्रम बजारको मागअनुसार सम्भावित करिअर पहिचान गरिनेछ।

शिक्षकहरूको भूमिका महत्वपूर्ण

कार्यक्रममा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। शिक्षालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालका अनुसार नेपालमा अझै पनि विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो रहेको र त्यसका कारण सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले वृत्ति मार्गनिर्देशन सेवा अत्यन्त लाभदायक हुनसक्नेछ। साथै, उनले प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिँदै डिजिटल कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

गुणस्तरीय शिक्षा र रोजगारीमुखी कार्यक्रम

नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन तथा युवाहरूलाई रोजगारीमुखी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। तथ्यांकमा आधारित निर्णय प्रक्रिया अपनाउँदै, डिजिटल प्रविधिको सहायताले युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने नगरपालिकाको योजना रहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT