Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन

चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन


चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको अधिवेशन सम्पन्न भएको हो ।

शुक्रबार अखिल नेपाल महिला संघ, शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन, जनसाँस्कृतिक महासंघ र लोकतान्त्रिक मगर संघको अधिवेशनले नया नेतृत्व चयन गरेको हो । महिला संघको शनिबार सम्पन्न अधिवेशनबाट कल्याणी नेपालको नेतृत्वमा ५७ सदस्यको नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुनिता अधिकारी र सरस्वती अधिकारी शर्मा, सचिव रश्मी सिलवाल, कोषाध्यक्ष र उपसचिव क्रमश कल्याणी घिसिङर गोमा दुलाल चयन भएका छन् । शुक्रबार संघको केन्द्रीय अध्यक्ष टुका हमालले बलेफी गाउँपालिका वडा नंम्वर ७ को सभाहलमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

शुक्रबार सुरु भई शनिबार निर्वाचन परिणाम आएको शिक्षक संगठनको नेतृत्वमा कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । संगठनको उपाध्यक्षमा बिर्खबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष अप्सरा खड्का, सचिव लेखनाथ भट्टराई, कोषाध्यक्ष तुलबहादुर लामा, सहकोषाध्यक्ष लक्ष्मी सत्याल र सहसचिव सावित्री सापकोटा निर्वाचित भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न संगठनको १४ औं जिल्ला अधिवेशनको राष्ट्रिय समितिका महासचिव हंसबहादुर शाही प्रमुख अतिथी र एमाले केन्द्रीय सदस्य सरेश नेपाल प्रमुख वक्ता रहेको उक्त अधिवेशनले ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न जनसाँस्कृतिक महासंघ सिन्धुपाल्चोकको सातौ अधिवेशनले क दिनेश भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको बागमती प्रदेश अध्यक्ष होमराज श्रेष्ठ र एमाले केन्द्रीय सदस्य सरेश नेपालले उद्घाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा भूवन नेपाल, सचिवमा लक्ष्मण तिमल्सिना चयन गरेको हो । महासंघको जिल्ला कार्यसमितिमा रत्नध्वज तामाङ, पूर्पा शेर्पा, राजेन्द्र खत्री, तीर्थनाथ आचार्य, चन्द्रावती नेपाली, नेत्र भट्टराई, अर्जून कार्की र रमेश पौडेल चयन भएका हुन् ।

त्यस्तै लोकतान्त्रिक मगर संघ सिन्धुपाल्चोकको शनिबार सदरमुकाम चौतारामा सम्पन्न प्रथम अधिवेशनबाट मिलन रानामगरको तेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । संघको उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षमा क्रमश दिलिप रानामगर, नानीमाया रानामगर, मदन पुलामीमगर र लीलामाया पुलामीमगर चयन भएका हुन् ।

संघको बागमती प्रदेश अध्यक्ष ओम थापामगर, एमाले केन्द्रीय सदस्य सुभाष कर्मचार्यले उद्घाटन गरेको अधिवेशनले पन्ध्र सदस्यको जिल्ला कार्य समिति निर्माण गरेको छ ।

जनसंगठनको जिल्ला अधिवेशनमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमानसिं तामाङ, ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा, नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष अर्जून भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिव सुशीला पाख्रीन, एमाले पूर्व अध्यक्ष कमल नेपाल, लोकतानित्रक आदिवासी जनजाती महासंघ केन्द्रीय सदस्य संगीता रानामगर लगायतको सहभागिता रहेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT