Techie IT
Saturday, July 12, 2025 | शुक्रबार, असार २७, २०८२
२०८२ असार २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने

सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब १९ खर्ब रूपैयाँको बजेट सिलिङ तोकेको छ। अर्थ मन्त्रालयले सोही सिलिङलाई आधार बनाएर बजेट लेख्नका लागि बजेट लेखन समिति नै गठन गरेको छ। आयोगले १९ खर्ब सिलिङ तोके पनि बजेट अन्तिम रूप दिन बेलासम्म अंकमा केही परिवर्तन हुन्छ।

अर्थ मन्त्रालयले बजेट लेख्नका लागि बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई संयोजकको जिम्मेवारी तोकेको छ। सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन्।

बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरू कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले बताए।

योजना आयोगले चालु आर्थिक वर्षको खर्च र राजस्वको संशोधित अनुमानभन्दा करिब १२ प्रतिशतले बढी हुने गरी सिलिङ तोकेको छ। सोही सीमामा रहेर अर्थले बजेट तयार गर्छ। अर्थ मन्त्रालयले बजेट सीमा र बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तयार गरी सबै मन्त्रालयमा पठाएर त्यसका आधारमा बजेट तायर हुन्छ।

सरकारले यो वर्ष १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो, जसलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत करिब दुई खर्बले घटाएका थिए। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु बजेटको हालसम्म सात खर्ब ९० अर्ब मात्र खर्च भएको छ।

अहिले बजेट घाटा एक खर्ब २२ अर्ब नाघिसकेको छ। फागुन १३ गतेसम्म सरकारले सात खर्ब ९० अर्ब खर्च गर्दा जम्मा ६ खर्ब ६८ अर्ब मात्र आम्दानी गरेको छ। खर्च र आम्दानीबीचको ठूलो अन्तरले आगामी बजेट निर्माणमा सरकारलाई चुनौती थपिएको छ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार मनसुनजन्य प्रभावका कारण पनि आगामी बजेटमा ठूलो रकम छुट्याउनुपर्ने अवस्था छ। अनिवार्य दायित्वअन्तर्गत पेन्सन, वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रम र वैदेशिक ऋणको दायित्वमा ठूलो हिस्सा खर्च हुने गरेको छ।

लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी योजना र राष्ट्रिय गौरवका आयोजनामा पनि बजेटको ठूलो हिस्सा खर्च हुने गरेको छ। सामाजिक सुरक्षामा मात्रै प्रत्येक वर्ष विकास खर्चभन्दा बढी रकम खर्च हुने गरेको छ। बजेटको करिब २० प्रतिशत हिस्सा सामाजिक सुरक्षामा पुगिसकेको छ, जसलाई आगामी बजेटले सम्बोधन गर्नुपर्नेछ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT