Techie IT
Sunday, July 13, 2025 | आईतबार, असार २९, २०८२
२०८२ असार २९, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रखरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

खरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

नगरपालिकालाई पाकिस्तानी राजदूतको मायाको चिनो, विद्यालयलाई उपहार


काठमाडौं । पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनले भक्तपुरको चागुँनारायण नगरपालिकास्थित खरिपाटीमा एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । खरिपाटीस्थित कृष्ण उच्च माध्यमिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी बिरामीले लाभ लिएका छन् ।

८ जना चिकित्सक उपस्थित शिविरमा बिमार देखिएकाहरुलाई निशुल्क औषधि वितरण गरिएको कार्यक्रम एशोसियसनका अध्यक्ष मञ्जुरत्न शाक्यले जानकारी दिए । शाक्यका अनुसार शिविरमा स्त्रीरोग, बालरोग र हाडजोर्नीसँगै दाँतदगायत ८ प्रकारका रोगको उपचार गर्ने प्रबन्ध मिलाइएको थियो ।

स्थानीय समाजसेवी एवम् नेतृ दुर्गेश्वरी वनको मुख्य सक्रियतामा शिविर सम्पन्न भएको हो । चागुँनारायण नगरपालिका र स्थानीय अभियन्ताहरुको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरको उद्घाटन समारोह भव्य भएको थियो ।

शनिबार विद्यालय प्राङ्गणमा भएको उद्घाटन समारोहमा सहभागी पाकिस्तानी राजदूत एब्रार एच हस्मीले जनताको स्वस्थ्यलाई ध्यानमा राखेर शिविर आयोजना भएकोप्रति खुसी व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रममा चागुँनारायण नागरपालिकाका मेयर जीवन खत्री, वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्का, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु र कृष्ण उच्च माविका प्राधानाध्यापक अरुण चौधरीले पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनद्वारा स्वास्थ्य विशिर आयोजना भएकोप्रति खुसी व्यक्ति गरेका थिए ।

स्थानीयस्तरमा आयोजना गरिने यस्ता स्वास्थ्य शिविरहरु निकै प्रभावकारी हुने गरेको चागुँनारायण नगरपालिकाका वडाध्यक्ष खड्काले बताए । कार्यक्रममा सहभागी भएर उत्साह प्रदान गरेकोमा पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनका अध्यक्ष मञ्जुरत्न शाक्यले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमप्रति खुसी हुँदै पाकिस्तानी राजदूत हस्मीले कृष्ण माविका विद्यार्थीहरुलाई अध्ययनका लागि आंशिक छात्रवृत्ति घोषणा गरेका छन् । सँगै उनले विद्यालयलाई प्रोजेक्टरलगायत प्राविधिक उपकरण र कार्यक्रममा नृत्य गर्नेहरुलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा राजदूत हस्मीले चागुँनारायण नागरपालिकाका मेयर खत्रीलाई मायाको चिनो प्रदान गरेका थिए ।

राजदूत हस्मीले विद्यालय र नगरपालिकालाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्दैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शिविर सम्पन्न गर्न स्थानीय जयप्रशाक वन,दिनेशराज गिरी, मनाेज गिरी र विश्वराम खड्कालगायतको उल्लेख्य सहयोग थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकाले झन् कडा बनायो भिसा नीति

काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै

सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा…

काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

Techie IT