Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रखरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

खरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

नगरपालिकालाई पाकिस्तानी राजदूतको मायाको चिनो, विद्यालयलाई उपहार


काठमाडौं । पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनले भक्तपुरको चागुँनारायण नगरपालिकास्थित खरिपाटीमा एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । खरिपाटीस्थित कृष्ण उच्च माध्यमिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी बिरामीले लाभ लिएका छन् ।

८ जना चिकित्सक उपस्थित शिविरमा बिमार देखिएकाहरुलाई निशुल्क औषधि वितरण गरिएको कार्यक्रम एशोसियसनका अध्यक्ष मञ्जुरत्न शाक्यले जानकारी दिए । शाक्यका अनुसार शिविरमा स्त्रीरोग, बालरोग र हाडजोर्नीसँगै दाँतदगायत ८ प्रकारका रोगको उपचार गर्ने प्रबन्ध मिलाइएको थियो ।

स्थानीय समाजसेवी एवम् नेतृ दुर्गेश्वरी वनको मुख्य सक्रियतामा शिविर सम्पन्न भएको हो । चागुँनारायण नगरपालिका र स्थानीय अभियन्ताहरुको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरको उद्घाटन समारोह भव्य भएको थियो ।

शनिबार विद्यालय प्राङ्गणमा भएको उद्घाटन समारोहमा सहभागी पाकिस्तानी राजदूत एब्रार एच हस्मीले जनताको स्वस्थ्यलाई ध्यानमा राखेर शिविर आयोजना भएकोप्रति खुसी व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रममा चागुँनारायण नागरपालिकाका मेयर जीवन खत्री, वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्का, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु र कृष्ण उच्च माविका प्राधानाध्यापक अरुण चौधरीले पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनद्वारा स्वास्थ्य विशिर आयोजना भएकोप्रति खुसी व्यक्ति गरेका थिए ।

स्थानीयस्तरमा आयोजना गरिने यस्ता स्वास्थ्य शिविरहरु निकै प्रभावकारी हुने गरेको चागुँनारायण नगरपालिकाका वडाध्यक्ष खड्काले बताए । कार्यक्रममा सहभागी भएर उत्साह प्रदान गरेकोमा पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनका अध्यक्ष मञ्जुरत्न शाक्यले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमप्रति खुसी हुँदै पाकिस्तानी राजदूत हस्मीले कृष्ण माविका विद्यार्थीहरुलाई अध्ययनका लागि आंशिक छात्रवृत्ति घोषणा गरेका छन् । सँगै उनले विद्यालयलाई प्रोजेक्टरलगायत प्राविधिक उपकरण र कार्यक्रममा नृत्य गर्नेहरुलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा राजदूत हस्मीले चागुँनारायण नागरपालिकाका मेयर खत्रीलाई मायाको चिनो प्रदान गरेका थिए ।

राजदूत हस्मीले विद्यालय र नगरपालिकालाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्दैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शिविर सम्पन्न गर्न स्थानीय जयप्रशाक वन,दिनेशराज गिरी, मनाेज गिरी र विश्वराम खड्कालगायतको उल्लेख्य सहयोग थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT