Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रघरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण


सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै पुस–माघको जाडो पनि त्रिपालमुनिनै कठ्याङ्ग्रिएर बिताए ।

लामो समय भारत बसेर २०७२ सालको विनाशकारी भूकम्पपछि जन्मथलो सम्झेर गाउँ फर्किएका पुण्यबहादुर अब घरविहीन छैनन् । किनकि, उनलाई नेकपा एमालेको बाह्रविसे नगर कमिटीअन्तर्गतको घुम्थाङ गाउँ कमिटीले पक्की घर बनाइदिएको छ । गाउँ कमिटीको पहलमा बनेको उक्त घरलाई शुक्रबार एक समारोहबीच पुण्यबहादुरलाई हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाबाट नवनिर्मित घरको चावी पाउँदै गर्दा पुण्यबहादुरको मुहारमा छाएको खुसी अवर्णनीय थियो । यसरी दुखीपीडित जनताको पक्षमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेता शेर्पाले आगामी दिनमा पनि यस्ता सत्कर्म गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अहिलेको नगरपालिकाको नेतृत्वले जनताको पक्षमा काम नगरेको पनि बताए ।

पुण्यबहादुरलाई घरसँगै सिरक, डसना पनि प्रदान गरिएको नेकपा एमालेका स्थानीय युवा नेता सुप्पा श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एमालेका जिल्ला नेताहरु आङदोर्जे शेर्पा, सागर घिमिरेलगायतको उपस्थिति थियो । उपस्थित सबै नेताले दुखी–पीडित जनताको साथमा सधैं एमाले रहेको बताए । यससँगै बाह्रविसे एमालेले यस्ता थुप्रै जनमुखी काम गर्दै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT