गृहपृष्ठ ∕ समाचारपत्र ∕ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १५:५४ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको छ। सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक हुने यस प्रतियोगिताको आयोजनाका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेलन शेर्पा र सिन्धुपाल्चोक क्रिकेट संघका पदाधिकारीबीच मंगलबार ऐतिहासिक सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुट स्तरबाट क्रिकेट खेलको विकास गर्नु र युवा प्रतिभाहरूलाई अगाडि बढाउनु हो । हेलम्बु गाउँपालिकाले यस प्रतियोगिताको आयोजनाका लागि सिन्धुपाल्चोक क्रिकेट संघलाई दिएको सहयोगलाई ठूलो र महत्त्वपूर्ण बताइएको छ। यसले जिल्लाका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता परीक्षापश्चात् आयोजना गरिनेछ भने यसको निश्चित मिति छिट्टै सार्वजनिक गरिनेछ। यस प्रतियोगिताको माध्यमबाट सिन्धुपाल्चोकका विद्यार्थीहरूले आफ्नो खेल प्रतिभा देखाउने र क्रिकेट खेलमा आफूलाई अगाडि बढाउने ठूलो अवसर प्राप्त गर्नेछन्। सिन्धुपाल्चोक क्रिकेट संघले यस प्रतियोगिताको माध्यमबाट जिल्लामा क्रिकेट खेलको लोकप्रियता बढाउने र युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने लक्ष्य राखेको छ। #क्रिकेट लिग #हेलम्बु गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ८ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए