गृहपृष्ठ ∕ समाचारपत्र ∕ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १५:५४ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको छ। सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक हुने यस प्रतियोगिताको आयोजनाका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेलन शेर्पा र सिन्धुपाल्चोक क्रिकेट संघका पदाधिकारीबीच मंगलबार ऐतिहासिक सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुट स्तरबाट क्रिकेट खेलको विकास गर्नु र युवा प्रतिभाहरूलाई अगाडि बढाउनु हो । हेलम्बु गाउँपालिकाले यस प्रतियोगिताको आयोजनाका लागि सिन्धुपाल्चोक क्रिकेट संघलाई दिएको सहयोगलाई ठूलो र महत्त्वपूर्ण बताइएको छ। यसले जिल्लाका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता परीक्षापश्चात् आयोजना गरिनेछ भने यसको निश्चित मिति छिट्टै सार्वजनिक गरिनेछ। यस प्रतियोगिताको माध्यमबाट सिन्धुपाल्चोकका विद्यार्थीहरूले आफ्नो खेल प्रतिभा देखाउने र क्रिकेट खेलमा आफूलाई अगाडि बढाउने ठूलो अवसर प्राप्त गर्नेछन्। सिन्धुपाल्चोक क्रिकेट संघले यस प्रतियोगिताको माध्यमबाट जिल्लामा क्रिकेट खेलको लोकप्रियता बढाउने र युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने लक्ष्य राखेको छ। #क्रिकेट लिग #हेलम्बु गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ७ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध