गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता प्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता स्वर्णपत्र बुधबार, २०८१ कात्तिक ७ गते, १२:४६ मा प्रकाशित समाचारपत्र काठमाडौं । पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । र, रास्वपाले देशैभरीबाट कार्यकर्तालाई प्रदर्शनमा आउन उर्दी जारी गरेको छ । तर अपेक्षा गरेजस्तो कार्यकर्ता नआएपछि रास्वपाका नेता तथा कार्यकर्ता निराश भएका छन् । यससँगै उनीहरु प्रदर्शनमा सहयोगको याचनासहित पोखरेलीको घरदैलोमा पुगिरहेका छन् । मंगलबार रास्वपाकी केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगेका थिए । उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई भेटेर आन्दोलनमा पोखरा झर्न आग्रह गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य हरि ढकालले मंगलबार दिभनर बिरौटा क्षेत्रमा घरदैलो गरेका थिए । प्रत्येक घरमा चुनावी प्रचारको समयझैं छिरेर प्रदर्शनमा आउन उनले आग्रह गरेका थिए । रास्वपाले मंगलबार १० वटा समूह बनाएर घरदैलोमा खटाएको थियो । पार्टी प्रवक्ता मनिष झाले भने अमरसिंह क्षेत्रको घरदैलो गरेका थिए । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ३ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ४ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ८ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ