Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको हावादारी करारपत्रले लियो चुनावी घोषणापत्रकै हुर्मत

रास्वपाको हावादारी करारपत्रले लियो चुनावी घोषणापत्रकै हुर्मत

प्राविधिकरुपमा इमोसनल ब्ल्याकमेलिङ, व्यवहारिकरुपमा अस्वभाविक घोषणा


काठमाडाैं । रास्वपाले आइतबार सार्वजनिक गरेको ‘नागरिक करारपत्र’ नामक वाचापत्रले धेरैको ध्यान खिचेको छ । करारपत्रका नाममा केही सम्भवै नहुने कुराहरु समेत लेखिएपछि वाचापत्रले धेरैको ध्यान खिचेको हो ।

रास्वपाले सार्वजनिक गरेको करारपत्रमा आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने भन्ने छ । जुन एकदमै अस्वभाविक र कपोकल्पित कुरा हो । तीन हजार भनेको नेपाली रुपैयाँ करिब चार लाख हुन्छ ।

तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय चार लाख रुपैयाँ पुग्न गरेक आर्थिक वर्षमा आर्थिक वृद्धिदर कम्तिमा १८ प्रतिशत हुन आवश्यक हुन्छ । जबकी अहिले नेपाली आर्थिक वृद्धिदर चार–पाँच प्रतिशतको वरिपरि घुमिरहेको छ । नाटकीय ढंगमा आर्थिक वृद्धि हुने हो भने पनि पाँच वर्षमा नेपालको आर्थिक वृद्धिदर १८ प्रतिशत पुग्न सम्भव छैन अर्थात प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुग्न सम्भव छैन ।

त्यस्तै रास्वपाले सार्वजनिक गरेको पाँच बुँदे नागरिक करारपत्रमा एनआरएनएलाई वंशजको आधारमा नागरिक दिनेसम्मको कुरा उल्लेख छ । जुन व्यवहारिक हिसाबमा कपोकल्पित हो । त्यस्तै रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएको छ । जुन अस्वभाविक होइन तर कसरी भन्ने कुरामा रास्वपा नै अन्योलग्रस्त छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT