Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट


काठमाडौँ ।  रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच फाटो आउने निश्चित भएको छ । त्यस्तै रास्वपामा मिसिएको बालेन समूहले पनि असन्तुष्टि व्यक्त गर्न थालेको छ ।

बुझिएअनुसार उज्यालो पार्टीले रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप लगाएको छ । त्यस्तै संघीयता र गणतन्त्रबारे रास्वपाको प्रष्ट धारणा नआएको पनि उसको गुनासो छ । यससँगै निर्वाचन आयोगमा बुझाएको समानुपाति सूचीेले दुवै दललाई तनाव भएको छ ।

आयोगमा रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो तर्फबाट १८ जनाको नाम सिफारिस गरेको तर १४ जनाको मात्र नाम परेपछि ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङ रुष्ट बनेका छन् । पुस १४ गते शीर्ष नेताहरू छलफलकै क्रममा रहँदा समेत उनेपाले छुट्टै ११० जनाको बन्दसूची आयोगमा बुझाएको थियो ।

सम्मानजनक समायोजन गर्ने रवि र घिसिङबिच भद्र सहमति अनुसार उनेपाले आफ्नो बन्दसूची फिर्ता लिएको थियो । सहमति अनुसार रास्वपाको बन्दसूचीमा उनेपाका उम्मेदवार नपरेपछि रास्वपाबाट धोका पाएको महसुस नेताहरूले गरेका छन् । घिसिङलाई उपसभापति बनाउने विषय सहमतिमै उल्लेख भए पनि अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा सहमति पत्र मौन छ ।

पछिल्लो बैठकमा संघीयता र गणतन्त्रको विषयमा उनेपाका नेताहरूले प्रस्ट पार्न पनि माग गरेका थिए । जबाफमा रास्वपाका नेताहरूले देशको संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्र मानेरै आएको तर्क गर्दै थप प्रस्ट पार्न आवश्यक नभएको बताएका थिए । एकतापछिको पार्टीको सैद्धान्तिक र वैचारिक लाइन स्पष्ट छैन ।

एकतामा धोका भएको निष्कर्ष निकालेको उनेपाले आयोगमा छुट्टै बन्दसूची बुझाउने प्रयास गरे पनि बन्दसूची बुझाउने समय सकिएकाले उनेपाको प्रयास असफल भएको थियो । एकता नहुँदै आन्तरिक असन्तुष्टि बाहिरिएपछि शनिबार सहमति खोज्न तीन पक्षका नेताहरूबिच रास्वपाको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बुझिएअनुसार बैठक सकारात्मक भएको छ ।

बैठकमा समानुपातिक बन्दसूचीमा देखिएको त्रुटि सच्याउन सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलमा बालेनको तर्फबाट सुदिप ढकाल र घिसिङको तर्फबाट अनिल घिसिङ रहनेछन् ।

यस्तै संगठनात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति भएको छ । त्यसमा कुलमान र बालेन समूहले नाम पठाएपछि काम सुरु हुने बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT