Techie IT
Wednesday, November 26, 2025 | बुधबार, मंसीर १०, २०८२
२०८२ मंसीर १०, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमहाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल

महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल


काठमाडौं । जेन जी आन्दोलनको मर्मअनुसार एमालेले आमनिर्वाचनभन्दा अघि नै अर्थात मंसिरमै महाधिवेशन गर्न लागेको छ । यसअघि नै विधान महाधिवेशन गरिसकेको एमालेले नेतृत्व चयनका लागि मात्रै मंसिरमा ११ औं महाधिवेशन गर्न लागेको हो ।

त्यसैले एमालेको आसन्न महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ भन्ने आमचासोको विषय छ । विधान अधिवेशनले दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष हुन पाउने र ७० वर्षे उमेर हद पनि नलाग्ने निर्णय गरिसकेकाले अध्यक्षमा फेरि केपी शर्मा ओली नै मैदानमा उत्रने निश्चित छ । यससँगै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

बुझिएअनुसार ओली पक्षबाट पार्टी महासचिव हुनका लागि तीन नेताहरुले आकांक्षा देखाएका छन् । अहिलेका महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले ओली पक्षबाट महासचिव बन्ने रहर गरेका हुन् । त्यस्तै ईश्वर पोखरेलको टिमबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार हुने निश्चित जस्तै भएको छ ।

अहिले पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् । त्यस्तै बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट उम्मेदवारी दिने तयारीमा छिन् । पोखरेल पक्षबाट उपाध्यक्ष पदको उम्मेदवार पाण्डे बन्ने सम्भावना छ ।

भट्टराईलाई भने उपमहासचिवकोको उम्मेदवार बनाउने तयारी भइरहेको छ । ज्ञवाली र शाक्यले भने उम्मेदवारी दिने रुचि देखाएका छैनन् । संस्थापनतर्फ ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल पुनः दोहारिने सम्भावना छ । माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ ।

एक महिला नेतृलाई उपमहासचिव बनाउनुपर्ने हुँदा पद्मा अर्यालको सम्भावना छ । अर्याल हाल सचिव छिन् । फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भएका थिए ।

असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरेल नै चयन भए । त्यस्तै मंसिर २०७८ मा भएको १०औं महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस

प्रतिनिधिसभा असंवैधानिक रूपमा बिघटन गरिएको दाबी गर्दै त्यसको पुनर्स्थापनाको मागसहित नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल…

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको

भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु

काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि

५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको

प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी

Techie IT