Techie IT
Monday, November 24, 2025 | सोमबार, मंसीर ८, २०८२
२०८२ मंसीर ८, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि

रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि

किन अल्झिरहेछन् तोसिमा र गणेश कार्की ?


काठमाडौं । वैकल्पिक राजनीतिको सेन्टर बन्ने भनी तीन बर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को पहिरोको चपेटामा परेको छ । परम्परागत ठूला पार्टीको विकल्प दिने भन्दै रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते रास्वपा बनेको थियो ।

२०८२ कात्तिकसम्म आइपुग्दा नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेका छन् । पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रविको साथ छाड्न थालेका हुन् । पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडिन् ।

लगत्तै केन्द्रीय सदस्य डा।प्रभात अधिकारी र हरि भट्टले राजीनामा दिए । पार्टी छाड्ने लर्कोमा प्रतिनिधिसभाको प्रमुख सचेतक रहेका सन्तोष परियार पनि छन् । उनले कात्तिक २८ गते रास्वपा छाडे । पार्टी छाड्नेको लहरमा रास्वपाका संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे यसअघि नै मिसिएका हुन् ।

केही समयअघि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा।अतिन्द्र दाहाल र पूर्वअनुशासन आयोग प्रमुख डा।भरतमणि देवकोटाले पनि पलायनको बाटो रोजिसकेका छन् । रास्वपाको घरबेटीसमेत रहेका देवकोटाले लामिछानेसँगको घरबहाल विवादका साथै जेनजी आन्दोलपछि घर असुरक्षित रहेको बताउँदै आएका थिए ।

पूर्वमहामन्त्री डा।मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् । कारबाहीको तयारी भएपछि उनी आफैंले ‘रास्ता क्लियर’ गरिदिएका थिए । २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट उठेका रमेश खरेल पनि अहिले रास्वपामा छैनन् ।

प्रशिक्षण विभाग प्रमुख रहेका अनिलकेशरी शाह निष्क्रिय भइसके । केन्द्रीय सदस्य गणेश कार्कीमा पनि चरम असन्तुष्टी देखिँदै आएको छ । ठीक यही समय केन्द्रीय सदस्य रहेकी डा.तोसिमा कार्कीले पनि असन्तुष्टि पोख्दै पुनर्गठनको मुद्दा उछालेकी छन् ।

विस्तारित बैठकमा लिखित असहमति नै दर्ज गरिन् । तोसिमासँगै उपाध्यक्ष डा.स्वर्णिम वाग्ले पनि चुनावअघि कांग्रेसमै फर्किने चर्चा महामन्त्री गगन थापा निकटहरूमा चलेको छ ।

स्वर्णिमपछि मनिष झा र शिशिर खनालले पनि रास्वपा छाड्ने चर्चा चु्लिएको छ । रास्वपाले राजनीतिक मुद्दालाई भन्दा रवि लामिछाने जेल पर्नुलाई जनताको भावनामाथि खेल्ने साधन बनाएका कारण समस्या बढेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने  महेश बस्नेतको…

नेकपा एमालेका नेता महेश बस्नेतले भोलि अर्थात शनीबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।

राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र

विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन

सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् ।

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि…

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले

सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन

नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

Techie IT