Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

रविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

बालेन र कुलमान पनि पछि हटे, गोपी हमालदेखि सुदन गुरुङसम्म बेग्लै छलफल


काठमाडौं । पछिल्लो समय रास्वपा रिफर्मेसनको चर्चा व्यापक छ । खासगरी नेतृ तोसिमा कार्कीले पार्टी रिफर्मेसनको बहस सतहमा ल्याएकी हुन् । कार्कीले पार्टीको नेतृत्व रिफर्मेसन गर्ने बहस चलाएपछि बालेनको समर्थनमा कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउने चर्चा चुलिएको थियो । रविले सभापति छाड्न माने घिसिङलाई सभापति बनाएर जाने विषयमा रास्वपाको एउटा ठूलो तप्का सहमत पनि थियो ।

तर रविले सभापति छाड्न नमानेपछि रास्वपा रिफर्मेकसनको प्रोसेस नै भाँडिएको छ । यतिसम्म कि धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई समेत समेटेर रास्वपालाई बृहत पार्टी बनाउनेबारे पटक–पटक छलफल भएको थियो । झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अलमलमा परेको हो ।

आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न उनीहरु सबै सहमत भइसकेका थिए । रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा उनीहरु सहमत नै छन् ।

त्यसैले रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन् । तर, रास्वपा सभापति लामिछानेमाथि मुद्दा चलेकोले मुद्दा किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन् । उनीहरुको आग्रहलाई रविले भने मानेका छैनन् । रविलाई संरक्षक वा सर्वोच्च नेता बस्न आग्रह गरिएको बुझिएको छ । तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन् । सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन् ।

बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव पनि गरिसकेका छन् । त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT