Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा जेन–जी आन्दोलनको ‘खतरनाक साइड इफेक्ट’

रास्वपामा जेन–जी आन्दोलनको ‘खतरनाक साइड इफेक्ट’

चार प्रदेश समिति सभापतिसहित थुप्रै नेता रवि लामिछानेको विकल्प खोज्नुपर्ने लाइनमा, मनिष झा पनि रविको विपक्षमा उभिए


काठमाडौं । अहिले जताततै जेन–जी आन्दोलनको असर देखिइरहेको छ । अर्थतन्त्रदेखि शासन व्यवस्थासम्म हल्लाएको जेन जी आन्दोलनको सबैभन्दा ठूलो साइड इफेक्ट परेको छ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा । यतिसम्म कि, जेन जी आन्दोलनले वैकल्पिक शक्ति भनिएको देशको चौथो ठूलो दल रास्वपालाई कतै फुटको दिशातिर धकेलिरहेको त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

खासगरी पार्टी सभापति रवि लामिछानेले जेल ब्रेक गरेको वा गराइएको विषयले रास्वपामा लफडा भएको हो । रविकै कारण देशभरका कैदी भागेको आरोप खेपिरहेको रास्वपामा अहिले देखिएको विग्रह चानचुने खालको छैन । रविको जेलब्रेकमा विमति भएकै कारण पार्टी सहमहामन्त्री समेत भइसकेकी पूर्वसांसद सुमना श्रेष्ठले पार्टी नै छाडिन् ।

त्यस्तै सांसद एवम् पार्टी केन्द्रीय सदस्य तोषिमा कार्कीले फेसबुकमार्फत नै पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताइसकेकी छिन् । यसैबीच मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पनि पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

बुझिएअनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले रवि लामिछानेले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा रविको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

रास्वपा बैठकमा सभापति लामिछानेको कारागार रिहाइ प्रकरणबारे पनि घनिभूत छलफल भएको छ । यो प्रकरणलाई लिएर पार्टीले आन्तरिकरुपमा छानबिन गर्नुपर्ने माग पनि केही नेताहरूले उठाएका छन् । पार्टी प्रवक्ता मनिष झाले बैठकअघि नै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप ग्रुपमा छानबिनको माग गरेका थिए ।

मनिष स्वयं त्यस दिन नख्खु कारागारमा आगजनी भएको भिडिओमा देखिएपछि विवादमा मुछिएका छन् । बुझिएअनुसार सभापति लामिछाने स्वयं छानबिनका लागि सकारात्मक छन् । भदौ २४ गते नख्खु पुगेका केही नेता भने छानबिनको विपक्षमा रहेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT