Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

एमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

अर्थमन्त्रीमा पौडेललाई रोक्ने प्रयासमा पोखरेल


काठमाडौं । संसदका दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ । यससँगै यी दुई दलबाट सरकारमा को–को जाँदैछन् ? अर्थात् को–को मन्त्री हुँदैछन् भन्ने विषय आमचासोको छ ।

कांग्रेस र एमालेबीच पहिला पालैपालो सरकार चलाउने र पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भइसकेको छ । त्यस्तै दुई दलबीच सरकारको नेतृत्व गरेको दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय बाँड्ने पनि सहमति भइसकेको छ । यद्यपि, अहिलेसम्म कुन दलले कुन मन्त्रालय पाउने भन्नेमा सहमति भइसकेको छैन ।

मन्त्रालयको भागबण्डा मिलाउन दुवै दलका नेताबीच कसरत भइरहेको छ । जहाँ अर्थ र सञ्चार मन्त्रालय एमालेले पाउने निश्चितजस्तै छ । किनकि, अर्थ र सरकारको प्रवक्ताको समेत जिम्मेवारी हुने सञ्चार मन्त्रालय सरकारको नेतृत्व गरेकै दलले लिने चलन जस्तै छ । र, गृह मन्त्रालय कांग्रेसले पाउनेमा पनि खासै विवाद छैन ।

अरुभन्दा पनि अर्थ मन्त्रालय कसले पाउने भन्नेमा जनस्तरबाटै चासो बढेको छ । विगतमा ‘सफल अर्थमन्त्री’को छाप बनाएका एमालेका उपाध्यक्ष विष्णु पौडेलनै पुनः अर्थमन्त्री हुने धेरैको आकलन छ । पौडेल अर्थमन्त्री बन्ने सम्भावनाले व्यवसायीसँगै सेयर तथा घरजग्गा कारोबारी हौसिएका छन् । तर यसपालि पौडेललाई अर्थमन्त्री हुन अलिक असहज छ ।

एमालेको आन्तरिक शक्ति सन्तुलनका कारण पौडेलको अर्थमन्त्री हुने बाटो सहज नभएको हो । पौडेललाई अर्थमन्त्री बनाउने कुरामा एमाले अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भए पनि महासचिव शंकर पोखरेलले अब्जेक्सन जनाएको कतिपयको आरोप छ ।

पोखरेलको असहमतिका बाबजुद पनि ओलीले पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना प्रबल छ । यससँगै खासै नाम नचलेका नयाँ कोही सांसदलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर ओली आफैंले खटनपटन गर्ने, गराउने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पाउने १० मन्त्रालयका लागि थुप्रैको रुचि देखिएको छ । खासगरी यसपालि एमालेभित्र पुराना र नयाँ गरी दुई धारका नेताहरुले मन्त्रीको आकांक्षा गरेका छन् ।

पुरानो धारबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुवीर महासेठ, गोकर्ण विष्ट र पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा मन्त्रीको सूचीमा पर्ने सम्भवना छ । यसमध्ये विश्वकर्मा, महासेठ, विष्ट र बास्कोटा मन्त्री भइसकेका छन् भने गुरुङ गण्डकीको मुख्यमन्त्री भइसकेका छन् ।

त्यस्तै वसन्त नेम्वाङ पनि फेरि मन्त्री हुने आशमा छन् भने योगेश भट्टराई डेब्यु गर्ने दाउमा छन् । कृष्णगोपाल श्रेष्ठ र रघुजी पन्त पनि मन्त्री हुने पालो पर्खिरहेका छन् ।

अहिले एमालेभित्र एउटैलाई पटक–पटक अवसर दिने कि नयाँलाई मौका दिने भन्ने बहस पनि पेचिलो बनेको छ । अहिलेको प्रचण्ड नेतृत्वको कामचलाउ सरकारमा धेरैलाई मन्त्रीमा डेब्यू गराएर एमालेले युवालाई मौका दिने अभ्यास थालेको छ । र भावी सरकारमा पनि यसैलाई निरन्तरता दिने सम्भावना पनि छ ।

एमालेमा अहिले नयाँ धारबाट मन्त्रीमा डेब्यु गर्न खुट्टा उचालेर बसेकाहरुमा प्रमुख सचेतक महेश बर्तौैला, सचेतक सुनिता बराल, पाल्पाबाट चुनाव जितेका ठाकुर गैरे, इलाममा भएको उपनिर्वाचन जितेका सुहाङ नेम्वाङ, कञ्चनपुरका तारा लामा, सरस्वती सुब्बा र विद्या भट्टराईहरु हुन् ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT