Techie IT
२०८१ माघ ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

एमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

अर्थमन्त्रीमा पौडेललाई रोक्ने प्रयासमा पोखरेल


काठमाडौं । संसदका दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ । यससँगै यी दुई दलबाट सरकारमा को–को जाँदैछन् ? अर्थात् को–को मन्त्री हुँदैछन् भन्ने विषय आमचासोको छ ।

कांग्रेस र एमालेबीच पहिला पालैपालो सरकार चलाउने र पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भइसकेको छ । त्यस्तै दुई दलबीच सरकारको नेतृत्व गरेको दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय बाँड्ने पनि सहमति भइसकेको छ । यद्यपि, अहिलेसम्म कुन दलले कुन मन्त्रालय पाउने भन्नेमा सहमति भइसकेको छैन ।

मन्त्रालयको भागबण्डा मिलाउन दुवै दलका नेताबीच कसरत भइरहेको छ । जहाँ अर्थ र सञ्चार मन्त्रालय एमालेले पाउने निश्चितजस्तै छ । किनकि, अर्थ र सरकारको प्रवक्ताको समेत जिम्मेवारी हुने सञ्चार मन्त्रालय सरकारको नेतृत्व गरेकै दलले लिने चलन जस्तै छ । र, गृह मन्त्रालय कांग्रेसले पाउनेमा पनि खासै विवाद छैन ।

अरुभन्दा पनि अर्थ मन्त्रालय कसले पाउने भन्नेमा जनस्तरबाटै चासो बढेको छ । विगतमा ‘सफल अर्थमन्त्री’को छाप बनाएका एमालेका उपाध्यक्ष विष्णु पौडेलनै पुनः अर्थमन्त्री हुने धेरैको आकलन छ । पौडेल अर्थमन्त्री बन्ने सम्भावनाले व्यवसायीसँगै सेयर तथा घरजग्गा कारोबारी हौसिएका छन् । तर यसपालि पौडेललाई अर्थमन्त्री हुन अलिक असहज छ ।

एमालेको आन्तरिक शक्ति सन्तुलनका कारण पौडेलको अर्थमन्त्री हुने बाटो सहज नभएको हो । पौडेललाई अर्थमन्त्री बनाउने कुरामा एमाले अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भए पनि महासचिव शंकर पोखरेलले अब्जेक्सन जनाएको कतिपयको आरोप छ ।

पोखरेलको असहमतिका बाबजुद पनि ओलीले पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना प्रबल छ । यससँगै खासै नाम नचलेका नयाँ कोही सांसदलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर ओली आफैंले खटनपटन गर्ने, गराउने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पाउने १० मन्त्रालयका लागि थुप्रैको रुचि देखिएको छ । खासगरी यसपालि एमालेभित्र पुराना र नयाँ गरी दुई धारका नेताहरुले मन्त्रीको आकांक्षा गरेका छन् ।

पुरानो धारबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुवीर महासेठ, गोकर्ण विष्ट र पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा मन्त्रीको सूचीमा पर्ने सम्भवना छ । यसमध्ये विश्वकर्मा, महासेठ, विष्ट र बास्कोटा मन्त्री भइसकेका छन् भने गुरुङ गण्डकीको मुख्यमन्त्री भइसकेका छन् ।

त्यस्तै वसन्त नेम्वाङ पनि फेरि मन्त्री हुने आशमा छन् भने योगेश भट्टराई डेब्यु गर्ने दाउमा छन् । कृष्णगोपाल श्रेष्ठ र रघुजी पन्त पनि मन्त्री हुने पालो पर्खिरहेका छन् ।

अहिले एमालेभित्र एउटैलाई पटक–पटक अवसर दिने कि नयाँलाई मौका दिने भन्ने बहस पनि पेचिलो बनेको छ । अहिलेको प्रचण्ड नेतृत्वको कामचलाउ सरकारमा धेरैलाई मन्त्रीमा डेब्यू गराएर एमालेले युवालाई मौका दिने अभ्यास थालेको छ । र भावी सरकारमा पनि यसैलाई निरन्तरता दिने सम्भावना पनि छ ।

एमालेमा अहिले नयाँ धारबाट मन्त्रीमा डेब्यु गर्न खुट्टा उचालेर बसेकाहरुमा प्रमुख सचेतक महेश बर्तौैला, सचेतक सुनिता बराल, पाल्पाबाट चुनाव जितेका ठाकुर गैरे, इलाममा भएको उपनिर्वाचन जितेका सुहाङ नेम्वाङ, कञ्चनपुरका तारा लामा, सरस्वती सुब्बा र विद्या भट्टराईहरु हुन् ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

रास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्। आइतबार सामाजिक

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका

आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ

Techie IT