Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनपछि कांग्रेस–एमालेभन्दा बढी रक्षात्मक बन्यो रास्वपा

जेन जी आन्दोलनपछि कांग्रेस–एमालेभन्दा बढी रक्षात्मक बन्यो रास्वपा

पार्टीको धारणा निर्माण गर्नै सकस, पार्टी छाड्ने घुर्कीले नेतृत्व तनावमा


काठमाडौं । जेनजीको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीभन्दा रास्वपा बढी रक्षात्मक अवस्थामा पुगेको छ । भीडको बलमा नक्कली पत्र देखाएर पार्टी सभापति रवि लामिछाने जेलबाट भागेका कारण रास्वपा अप्ठेरोमा परेको हो ।

परम्परागत दलमाथि गम्भीर प्रश्न उठेका नयाँ दल रास्वपा पनि रक्षात्मक बनेको हो । भ्रष्टाचारको अन्त्य र सुशासनको मुख्य माग राखेर जेनजीले भदौ २३ गते आन्दोलन गरेका थिए । पहिलो दिनको आन्दोलनमा बानेश्वरमा १९ युवाको ज्यान गयो ।

त्यसको भोलिपल्ट तोडफोड र आगजनीमा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचनालाई आन्दोलनकारीले ध्वस्त बनाए । जेनजीको माग एकातिर थियो, तर दोस्रो दिनको आन्दोलनलाई रास्वपाले सहकारी ठगीमा जेल परेका लामिछानेलाई बाहिर निकाल्ने मौकाका रूपमा लियो । जबकि रविमाथि पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी मुद्दाको अन्तिम किनारा लागेको थिएन ।

जेनजी आन्दोलनको हुलमुलमा रविलाई छुटाउन पार्टीकै नेताहरूले २४ गते अभियान नै चलाए । नख्खु पुग्न सामाजिक सञ्जालमा उर्दी जारी गरे । त्यसैका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, हरि ढकालसहितका नेता रविलाई छुटाउन नख्खु कारागार पुगे । उनीहरूको समेत मिलेमतोमा रविलाई छुटाउन कारागार प्रशासनको तर्फबाट नक्कली पत्र नै बनाइयो ।

रवि छुटेलगत्तै जेनजीहरूले उनलाई छुटाउने माग आफूहरूको नभएको भन्दै ‘ब्याक टु जेल’ ट्रेन्ड चलाए । यतिसम्म कि अघिल्लो दिनसम्म लामिछानेको पक्षमा खुलेर लाग्नेहरू ‘ब्याक टु जेल’को ह्यास्ट्याग लेख्न थाले । सुरक्षा दिन नसकिएको भन्दै रविलाई छुटाउन नख्खु कारागार प्रमुख सत्यराज जोशीले पत्र दिएको दाबी गरियो ।

चौतर्फी दबाब बढेपछि रविले भिडियो सन्देश जारी गर्दै जोशीको पत्रपछि आफू सुरक्षाका लागि छुटेको जिकिर गरे । तर, कुनै अंश नै नमिलेको पत्र आफ्नो नाममा जारी गरिएकोप्रति जोशीले अनभिज्ञता देखाउँदा रवि र रास्वपा रक्षात्मक बन्न पुगेको हो । रविलाई छुटाउन गरिएको हतकण्डा र नक्कली पत्रको असर देशभरका कारागारमा पर्यो ।

लामिछाने छुटे भनेपछि देशभरका कारागारका बन्दीले पनि छुट्न पाउनुपर्ने माग गरे । जेलभित्रै आगो लगाउने, प्रहरीमाथि जाइलाग्ने जस्ता विध्वंश मच्चाउन शुरू गरे । यस क्रममा देशभरबाट हजारौं कैदी भागे । भाग्ने क्रममा प्रहरीले चलाएको गोलीले ११ कैदीको ज्यान गयो । अझै पनि गम्भीर प्रकृतिका मुद्दा लागेका हजारौं कैदीबन्दी जेलबाहिर छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT