Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

बालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

रास्वपामाथि थपियो चुनौती, पुराना दल तनावमा


काठमाडौं । अहिले राजनीतिक वृत्तमा काठमाडौं महानगरका मेयर बालेन साहले नयाँ दल खोल्ने कुरा निकै चर्चामा छ । हुनतः बालेनले दल खोल्ने चर्चा नयाँ होइन । तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै बालेनले दल खोल्ने कुराले धेरैको ध्यान खिचेको छ ।

जेन जी आन्दोलनकै बलमा बनेको अहिलेको अन्तरिम सरकारले फागुन २१ गते संसदको चुनाव गर्ने भनेको छ । फागुनमा चुनाव गर्ने कुरा आफैंमा निकै चुनौतीपूर्ण छ । यतिसम्म कि, चुनावअघि नै पुरानै प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना पनि कमजोर छैन । तर, जे होस् अब राजनीतिक दलहरु चुनाव हुन्छ भनेर नै मैदानमा होमिनुपर्ने अवस्थामा छन् ।

अहिलेकै अवस्थामा चुनाव हुँदा पुराना दललाई खुलेर मैदानमा उत्रन समेत सकस हुने अवस्था छ । नयाँ भनिएको रास्वपा पनि आफैंभित्रको किचलो र गल्तीमाथि गल्तीले थिचिएर थिलथिलो भएको छ । यसैबीच बालेनको नयाँ दल दर्ताको हल्लाले बजार पिटेको हो । बालेनले खोल्ने भनिएको नयाँ दल प्रजातान्त्रिक मूल्य मान्यता राख्ने खालको हुने बुझिएको छ ।

र, अहिले उक्त पार्टीको नेतृत्व पनि बालेनले नगरेर अरु कसैले गर्ने सम्भावना प्रबल छ । बुझिएअनुसार अझै पनि बालेन फ्रन्टलाइनमा नआएर अर्थात पर्दाभित्रै बसेर खेल खेल्ने मुडमा देखिन्छन् । दलको नेतृत्वको नगरे पनि उनले त्यहीं दलबाट चुनाव लड्ने सम्भावना छ । तर, त्यतिबेला प्रत्यक्ष कार्यकारीका लागि चुनाव हुने होइन ।

सांसद जितेर प्रधानमन्त्री हुने खेल खेल्नुपर्ने हुँदा बालेन त्यो खेलबाट पन्छने सम्भावना पनि छ । अहिले नै अध्यादेशबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि चुनाव लड्ने चाहना भए पनि त्यो सम्भावना एकदमै कम रहेको बालेनले बुझेका छन् । र, अहिले बालेनले दल गठननै गर्दा उनको टिममा समेटिने मान्छेहरुको सूची पनि बढ्दै गएको छ ।

बुझिएअनुसार बालेनको पार्टीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपाका पूर्वनेता एवम् बैंकर अनिलकेशरी साहलगायत सहभागी हुनेछन् । यसरी बालेनले अहिलेकै अवस्थामा दल खोलेर चुनावमा होमिए भने रास्वपालाई समेत निकै कठिन पर्ने देखिन्छ भने पुराना दल कुन हालतमा पुग्ने हुन् भनेर अनुमान गर्नसमेत कठिन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT