Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

वैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

सुशीला कार्की नेतृत्वको सरकारले मुद्दा फिर्ता लेला कि अदालतले नै मुद्दा जिताइदेला ?


काठमाडौं । भदौ २४ गते जालसाजीपूर्ण ढंगमा नख्खु जेलबाट निस्केका रास्वपा सभापति रवि लामिछाने फेरि जेलमै फर्कनु परेको छ । र, उनीको जेलमुक्तिको यात्रा निकै विवादित समेत बनेको छ । यससँगै उनले वैधानिकरुपमै जेलबाट निस्कने प्रयास पनि गरिरहेको बुझिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधका आधारमा रविलाई जेल हालिएको भनिएको थियो । रास्वपाले पनि त्यसै कुरालाई राजनीतिक नारा बनाएको थियो । तर अहिले परिस्थिति बदलिएको छ ।

अर्थात राजनीतिक दलको सरकार ढलेर नागरिक सरकार बनेको छ । त्यसैले यदि रविलाई राजीतिक प्रतिशोधको आधारमा मात्रै त्यतिबेलाको सरकारले मुद्दा चलाएको भए अहिलेको सरकारले मुद्दा फिर्ता लिनुपर्छ ।

यतिसम्म कि, नयाँ सरकार बनेसँगै महान्यायाधीवक्ता पनि नयाँ नियुक्त भइसकेकी छिन् । यो अवस्थामा सरकारी वकिलको कार्यालयले रविविरुद्ध जहाँ जहाँ मु्द्दा चलेको हो, त्यहाँ त्यहाँबाट मुद्दा फिर्ता लिने हो भने रवि जेलमुक्त हुने सम्भवना प्रबल छ ।

तर यदि अहिलेको सरकारले मुद्दा फिर्ता लिएन भने रविलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा जेल हालेको पुष्टि हुँदैन । त्यसैले रविको जेलमुक्ति मात्रै होइन, रास्वपाको राजनीतिक सफलताको लागि पनि सरकारले रविविरुद्धको मुद्दा फिर्ता लिनुपर्छ ।

रवि जेलमुक्त हुने अर्को आधार भनेको अदालतले नै उनलाई सफाइ दिनुपर्छ । तर यसअघि आफ्नो भागको बिगो तिरेर धरौटीमा छाड्न समेत नमानेको अदालतले नयाँ सरकार आउनेवित्तिकै फटाफट उनको पक्षमा फैसला गर्ने सम्भावना एकदमै कम हुन्छ ।

हुन त अहिले रवि लामिछाने जेलमा हुनु परेको सरकार वा कुनै सहकारी पीडितको उजुरीका कारण होइन । रवि आफैंले धरौटी रकम धेरै भयो भनेर उच्च अदालतमा रिट नहालेको भए अहिले रवि बाहिरै हुने थिए ।

तर, बढी बाठो भएर अदालतमा मुद्दा हाल्दा त्यसको ब्याकफायर भएर रवि अहिले जेलमै बसिरहनु परेको छ । र, रवि जेल बसाइँलाई नै राजनीतिको मूल नारा बनाइरहेको रास्वपा पनि यतिबेला अतिअप्ठेरोमा परेको छ । यतिसम्म कि, यहीं अप्ठेरोका कारण रास्वपा खिइँदै गएर चुनावसम्ममा सकिने त होइन ? भन्ने चिन्ता पनि बढ्न थालेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT