Techie IT
Monday, September 15, 2025 | सोमबार, भदौ ३०, २०८२
२०८२ भदौ ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ

पूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ


काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभा सदस्य शेरबहादुर तामाङले हालै देशभर भएको जेन जी आन्दोलनका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

भाद्र २३ गते माईतीघरमा भ्रष्टाचार नियन्त्रण र वाक स्वतन्त्रता सम्बन्धी माग राख्दै भएको आन्दोलनमा १९ जना युवाको मृत्यु र सयौं घाइते भएकामा शोक व्यक्त गर्दै उनले शहिदप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति संवेदना प्रकट गरेका छन् ।

आन्दोलनपछि भाद्र २४ गते देशभर देखिएका आगजनी, तोडफोड, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश, कैदीबन्दी भाग्ने, सरकारी अभिलेख नष्ट हुने जस्ता घटनाले राष्ट्रलाई दशकौँ पछाडि धकेलेको भन्दै उनले यस्तो विध्वंसकारी गतिविधि कसरी र किन भयो भन्नेबारे सत्य तथ्य छानबिन हुनुपर्ने बताएका हुन् ।

तामाङले भ्रष्टाचार विरोधी अभियानमा आफू पूर्णरूपमा साथमा रहेको उल्लेख गर्दै न्यायालय, अख्तियार, विशेष अदालत जस्ता संवैधानिक निकायका अभिलेख जलाउनु आपत्तिजनक भएको टिप्पणी पनि गरे ।

२०७५ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहँदा आफूले सम्पत्ति विवरण सार्वजनिक गर्ने, कमिशनसम्बन्धी कानुन र सार्वजनिक खरिद ऐन संशोधनमार्फत भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गर्दा षड्यन्त्रमा फसाइएको स्मरण गर्दै उनले फेरि पनि इमानदार प्रयासलाई जनसमर्थन आवश्यक भएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेपालमा भएको परिवर्तप्रति भारतीय डिप्लोम्याटमा छायो खुसी 

काठमाडौं । छिमेकी देश भारतका डिप्लोम्याटहरुले अहिले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गरेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत

बालेनको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल पनि मुछिए गम्भीर विवादमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल नराम्ररी विवादमा मुछिएका छन् । यसअघि गाइको मार्न

सुध्रँदै देउवाको स्वास्थ्यस्थिति, तत्काल पार्टी सभापति नछाड्ने

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रमम घाइते भएका कांग्रेस सभापति शेरखबहादुर देउवाको स्वास्थ्यमा सुधार आएको छ । देउवाको

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना…

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने निश्चित भएको छ । अहिले अदालतमा भौतिक क्षति भएका कारण रिट दर्ता

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

Techie IT