Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्।

कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै जगमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताएका हुन्।

उनले भने, “अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार हो।” उनले आवश्यकताअनुसार छलफल हुनुपर्ने र सहकार्यमार्फत अगाडि बढ्नुपर्ने बताएका छन्।

अहिलेसम्म बालेन शाह, सुशीला कार्की, हर्क साम्पाङ र सागर ढकालको नाम चर्चामा आएको छ। जसमा शाह नेतृत्व लिनका लागि अनिच्छुक देखिएका छन्, जेन-जी प्रतिनिधिहरूका अनुसार उनले सम्पर्कमा आउन चाहेका छैनन्।

कार्की नेतृत्वका लागि तयार छिन् तर, पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिले संवैधानिक रूपमा मन्त्रिपरिषद्को नेतृत्व लिन नहुने भनिएको छ। साम्पाङ र ढकाललाई भने जेन-जीहरूले विश्वास गर्न गरिसकेका छैनन्। तर, उनीहरूले भने आफूहरू नेतृत्व लिन तयार रहेको बताएका छन्।

यही पृष्ठभूमिमा कुलमानले आफूलाई पनि मन्त्रिपरिषद् नेतृत्वको ‘रेस’मा मिसाएका हुन्। अब जेन-जी प्रतिनिधि र नेपाली सेनाका बीचमा वार्ता हुँदैछ। त्यसबाट अन्तरिम सरकार गठन हुनेछ।

केपी ओली नेतृत्वको सरकारले दुईदिने जेन-जी आन्दोलनको अगाडि घुँडा टेकिसकेको छ। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीसहित प्रमुख दलका नेताहरू भूमिगत भएका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT