Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको प्राइमरी इलेक्सनमा आधाभन्दा बढी केन्द्रीय सदस्यले नै भोट हालेनन्

रास्वपाको प्राइमरी इलेक्सनमा आधाभन्दा बढी केन्द्रीय सदस्यले नै भोट हालेनन्


काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको प्राथमिक निर्वाचन ९प्राइमरी इलेक्सन०मा ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेको पाइएको छ । केन्द्रीय सदस्यहरूले नै भोट नहालेपछि नेताहरूले आश्चर्य व्यक्त गरेका छन् ।

निर्वाचनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले भोट नहालेको पाइएको हो । मतदान मोबाइल एपमार्फत गरिएको थियो र यसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्मको ३६ घण्टाको समय तोकिएको थियो ।

सुरुमा मोबाइल चलाउन नजान्ने वा नयाँ अभ्यास भएका कारण सामान्य सदस्यहरूको मत कम आएको अनुमान गरिए पनि सबै केन्द्रीय सदस्यहरूसँग स्मार्टफोन भएको अवस्थामा उनीहरूले मतदान नगर्नुले प्रश्न खडा गरेको छ । हालसम्मको अवस्थामा निर्वाचनमा लोकप्रिय मत ल्याउनेहरूमा पहिलो सूचीमा सुलभ खरेल, डाक्टर लेखजंग थापा र ज्ञानु पौडेल रहेको बनाइएको छ ।

यसैगरी दोस्रो लोकप्रिय मत ल्याउनेमा पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेको बुझिएको छ । निर्वाचनमा ९ जना उम्मेदवार छन् । प्राथमिक निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य गरि कुल २ हजार ७ सय ७८ मतदाता थिए ।

जसमा कुल १ हजार ५ सय ६७ मत खसेको थियो । मतदानमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्यको अंकभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० अंकभार थियो । यसैबीच महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यबाट कम मत खसेको विषय आफूले पनि जानकारी पाएको बताएका छन् ।

उम्मेदवारसँग केन्द्रीय सदस्यहरुको चिनापर्ची नभएको हुनाले पार्टीमा भएकै नो भोटको व्यवस्थाअनुसार मतदानमा सहभागी नभएको हुनसक्ने उनको भनाइ छ । यद्यपि, रास्वपाको सचिवालय बैठकले नै आधिकारिक उम्मेदवार घोषणा गर्ने जनाएको छ । आइतबार नै उम्मेदवारका दाबेदार सबैजनाले जेलमा रहेका पार्टी सभापथि रवि लामिछानेलाई भेटेका छन् ।

यससँगै रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने भने पनि केन्द्र नै हाबी हुने देखिएको छ । स्थानीय नेताको मतभारलाई ५ प्रतिशतमात्रै कायम गर्नु र सचिवालयको मतभारलाई ५० प्रतिशत राख्नुले उम्मेदवार छनोटमा केन्द्र नै हाबी हुने प्रष्ट देखाउँछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT