सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठक मेलम्चीमा सुरु भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि परिषद् बैठकको उद्घाटन गरेका छन् ।

एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलोपटक परिषद् बैठक भएकाे हाे। बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता छ ।

मेलम्चीमा हुने प्रतिनिधि परिषद् बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई लगायतका नेताहरूको सहभागिता रहनेछ । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।

१० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । १२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ ।

बैठकमा राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन अध्यक्ष होमनारयण श्रेष्ठ , आर्थिक प्रतिवेदन अर्थ तथा वित्त कमिटीका प्रमुख आङदोर्जे शेर्पा र लेखा समितिका अध्यक्ष नेत्रप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेर सुझाव सहित पारित गर्ने बैठकको कार्य सूची छ ।
