Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेका अधिकांश केन्द्रीय सदस्य ओलीकै पक्षमा

एमालेका अधिकांश केन्द्रीय सदस्य ओलीकै पक्षमा


काठमाडौं । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष केपी ओलीकै पक्षमा वकालत गरेका छन् । कतिपय केन्द्रीय सदस्यले त आगामी महाधिवेशनमा अध्यक्षका रुपमा ओलीलाई प्रस्ताव गरेर जानुपर्नेसमेत बताएका छन् ।

यसरी अधिकांश केन्द्रीय सदस्यले ओलीको पक्षमा खुलेपछि विद्या भण्डारी पक्ष रक्षात्मक बनेको छ । हो, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीतिमा हलचल नै आएको थियो ।

विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेपछि भने वातावरण फरक बनेको छ । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।

बुझिएअनुसार सचिवालय बैठकमा विद्या भण्डारीलाई स्पेस दिनुपर्छ सँगै २ कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्छ भन्ने आवाज बलियो थियो । १९ सदस्यीय सचिवालयबाट ९९ सदस्यीय पोलिटब्युरोमा पुग्दा त्यो आवाज बढ्नुपर्नेमा निकै घटेको थियो । जहाँ ६,७ जनाबाहेक कसैले पनि बोलेनन् ।

अब ३ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त उक्त आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा नै चल्न थाल्यो । अहिले बुझिएअनुसार भण्डारीका पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र रघुवीर महासेठ खुलेर लागेका छन् ।

त्यसैगरी अध्यक्ष ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्यालहरु लागेका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तटस्थ जस्तै छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्माले प्रष्टसँग मुख खोलेका छैनन् ।

त्यस्तै भण्डारीको पक्षमा पोलिट्युवरो सदस्यहरु युवराज ज्ञवाली, कर्ण थापा, गोकुल बाास्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपाल खुलेका छन् भने ओलीको पक्षमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत र सूर्य थापालगायत छन् ।

यसरी पार्टी अध्यक्ष ओली र भण्डारीको पक्ष–विपक्षमा नेताहरु कित्ताकाट हुँदा कार्यकर्ता भने निराश भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT