Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपालाई रुपन्देही– ३ मा उम्मेदवार छान्न सकसपर्ने संकेत

रास्वपालाई रुपन्देही– ३ मा उम्मेदवार छान्न सकसपर्ने संकेत


काठमाडौं । कात्तिक २७ गते रुपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि दलहरुले कसलाई उम्मेदवार उठाउँछन् भन्ने विषयमा धेरैको चासो छ । अझ अरु दलले भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा अझ धेरैको ध्यान छ ।

यसै परिवेशबीच रास्वपाले उम्मेदवार छनोटमा नयाँ मानक बनाउन खोजेको छ । जसका लागि उसले उम्मेदवार छान्न नयाँ मापदण्ड बनाउन लागेको छ । कात्तिकमा हुने उपनिर्वाचनलाई मध्यनजर राखेर रास्वपाले परिष्कृत विधि पनि बनाएको छ ।

रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि बनाइएको हो । उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत गरिएको छ ।

हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ । रास्वपाका अनुसार उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २० र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ ।

सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ । प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ ।

प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् । थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ । रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०।१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ ।

प्राइमरी इलेक्सन हुन नसक्ने अवस्थामा उम्मेदवार छनोटको टुंगो केन्द्रीय समितिले गर्ने विधानको प्रावधान छ । सहमहामन्त्री आचार्यका अनुसार प्राइमरी इलेक्सनका लागि आवश्यक हुने सदस्य संख्या अधिकांश क्षेत्रमा छन् । लिडरसिप एकेडेमी शुरु भइनसकेको हुँदा त्यसका लागि सचिवालयले निर्णय गर्ने भएको छ ।

रास्वपाको नीति अनुसार उम्मेदवार हुन चाहनेले अनिवार्य लिडरसिप एकेडेमीबाट आवद्ध भई प्रशिक्षित भएको हुनुपर्दछ । तर, पार्टीको उक्त संरचना भने भनिसकेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT