Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रछिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क !

छिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क !


काठमाडाैं । माओवादीले छाडेपछि रास्वपा र राप्रपा मात्रै एकै ठाउँमा आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीति स्वार्थका लागि सत्तापक्षसँग साँठगाँठ गरेपछि रास्वपा र राप्रपा मात्रै एक ठाउँमा भएका थिए । तर अहिले उनीहरुबीच पनि फाटो देखिएको छ ।

खासगरी भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आन्दोलन गरिरहेका  प्रतिपक्षीहरुबीच नै फुट आएको हो । आफ्नो मागबाट पछि हट्दै माओवादीले सरकारसँग आत्मसमर्पण गरेपछि राप्रपा र रास्वपा अप्ठेरोमा परेका छन् । सरकारले गृहमन्त्रीको राजीनामा नभए  संसदीय छानिबिन समिति बनाउनुपर्ने विपक्षीको मागसमेत पूरा गर्नै नसक्ने बताएपछि स्थिति असहज भएको हो ।

अहिले माओवादीलाई आफ्ना उपाध्यक्ष  अग्नि सापकोटाविरुद्ध अदालतमा परेको मुद्दासँग भिजिट भिसा प्रकरणका गृहमन्त्रीको राजीनामा साटेको आरोप छ । जुन कुरालाई माओवादीले स्वीकारेको छैन । तर घटनाक्रमले  उक्त आरोप सत्य भएको संकेत गर्छ । अहिले परिस्थिस्थितिले निचोरेर राप्रपा र रास्वपालाई एकै ठाउँ ल्याइपुर्याएको छ । तर यसको अवतरण के हुने भन्नेमा उनीहरु अष्पष्ट छन् । उनीहरुले ‘हामी विरोध पनि गर्दै गर्छौं, तपाईहरु संसद चलाउँदै गर्नुस्’ भनेपछि अहिले संसद खुलेको हो । र, बजेटमाथिको  जारी छ ।

खासमा  संसदमा बजेटमाथिको छलफलै रोकेर अवरोध गर्नुपर्ने हो कि होइन ? अध्यागमनको एकजना कर्मचारीमाथि अख्तियारले छानिबिन थाल्नेबित्तिकै गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन ? अख्तियारले  नियन्त्रणमा लिएका अध्यागमनका सहसचिवले  दैनिक ५० लाख  बुझाउने गरेको भनेर बयान नदिएको पुष्टि भैसक्यो । अब कुनै मिडियाले नियोजितरुपमा समाचार लेखेकै कारण  गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन ? यस्ता थुप्रै प्रश्नहरु उब्जिएका छन् ।

यसबीच कतिपयले भने रास्वपा र  राप्रपाबीच कार्यगत एकताका लागि अहिलेको परिस्थिति एकदमै उपयुक्त भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । कतिपय राजावादीले त रास्वपालाई पनि आफ्नो कित्तामा ल्याउने मौकाका रुपमा समेत हेरिरहेका छन् । तर रास्वपालाई यो आन्दोलन  नै घाँडो हुने निश्चित छ । किनकि, भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेदेखि थुप्रै मिसिएको  तथ्य सार्वजनिक भइसक्यो । जे होस्, माओवादीले साथ छाड्दा  पनि संसदमा रास्वपाले नाराबाजी गरेर आफ्नो तागत देखाइरहेको छ । यो तागतले रास्वपालाई नै ब्याकफायर नगरोस् !






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT