Techie IT
Wednesday, July 29, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रछिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क !

छिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क !


काठमाडाैं । माओवादीले छाडेपछि रास्वपा र राप्रपा मात्रै एकै ठाउँमा आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीति स्वार्थका लागि सत्तापक्षसँग साँठगाँठ गरेपछि रास्वपा र राप्रपा मात्रै एक ठाउँमा भएका थिए । तर अहिले उनीहरुबीच पनि फाटो देखिएको छ ।

खासगरी भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आन्दोलन गरिरहेका  प्रतिपक्षीहरुबीच नै फुट आएको हो । आफ्नो मागबाट पछि हट्दै माओवादीले सरकारसँग आत्मसमर्पण गरेपछि राप्रपा र रास्वपा अप्ठेरोमा परेका छन् । सरकारले गृहमन्त्रीको राजीनामा नभए  संसदीय छानिबिन समिति बनाउनुपर्ने विपक्षीको मागसमेत पूरा गर्नै नसक्ने बताएपछि स्थिति असहज भएको हो ।

अहिले माओवादीलाई आफ्ना उपाध्यक्ष  अग्नि सापकोटाविरुद्ध अदालतमा परेको मुद्दासँग भिजिट भिसा प्रकरणका गृहमन्त्रीको राजीनामा साटेको आरोप छ । जुन कुरालाई माओवादीले स्वीकारेको छैन । तर घटनाक्रमले  उक्त आरोप सत्य भएको संकेत गर्छ । अहिले परिस्थिस्थितिले निचोरेर राप्रपा र रास्वपालाई एकै ठाउँ ल्याइपुर्याएको छ । तर यसको अवतरण के हुने भन्नेमा उनीहरु अष्पष्ट छन् । उनीहरुले ‘हामी विरोध पनि गर्दै गर्छौं, तपाईहरु संसद चलाउँदै गर्नुस्’ भनेपछि अहिले संसद खुलेको हो । र, बजेटमाथिको  जारी छ ।

खासमा  संसदमा बजेटमाथिको छलफलै रोकेर अवरोध गर्नुपर्ने हो कि होइन ? अध्यागमनको एकजना कर्मचारीमाथि अख्तियारले छानिबिन थाल्नेबित्तिकै गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन ? अख्तियारले  नियन्त्रणमा लिएका अध्यागमनका सहसचिवले  दैनिक ५० लाख  बुझाउने गरेको भनेर बयान नदिएको पुष्टि भैसक्यो । अब कुनै मिडियाले नियोजितरुपमा समाचार लेखेकै कारण  गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन ? यस्ता थुप्रै प्रश्नहरु उब्जिएका छन् ।

यसबीच कतिपयले भने रास्वपा र  राप्रपाबीच कार्यगत एकताका लागि अहिलेको परिस्थिति एकदमै उपयुक्त भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । कतिपय राजावादीले त रास्वपालाई पनि आफ्नो कित्तामा ल्याउने मौकाका रुपमा समेत हेरिरहेका छन् । तर रास्वपालाई यो आन्दोलन  नै घाँडो हुने निश्चित छ । किनकि, भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेदेखि थुप्रै मिसिएको  तथ्य सार्वजनिक भइसक्यो । जे होस्, माओवादीले साथ छाड्दा  पनि संसदमा रास्वपाले नाराबाजी गरेर आफ्नो तागत देखाइरहेको छ । यो तागतले रास्वपालाई नै ब्याकफायर नगरोस् !






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT