Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप

बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप


काठमाडाैं । पछिल्लो समय अतिविवादित बन्दै गएका काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयमा मात्रै ६ जना कर्मचारी खटिएको पाइएको छ । सूचनाअनुसार मेयर साहको सचिवालयमा सातौं तहका अधिकृतदेखि कार्यालय सहयोगीसम्म कार्यरत छन् ।

उनको सचिवालयको वरीयतामा सबैभन्दा माथि आउँछन्, स्वकीय सचिव भुपदेव साह । सातौं तहमा कार्यरत साहले मासिक करिब ६० हजार रुपैयाँ तलब खाँदै आएका छन् । त्यस्तै उनले दुई पाङग्रे एउटा सवारी साधनसँगै पेट्रोल तथा डिजेल र मासिकरुपमा सञ्चार भत्ता पाइरहेका छन् ।

त्यस्तै बालेनको सचिवालयमा काम गर्ने दोस्रो नम्बरका कर्मचारी हुन्– फोटोग्राफर विनय शाक्य र नविन भण्डारी । उनीहरु स्वकीय सहायकका रुपमा पाचौँ तहमा कार्यरत छन् । उनीहरुले मासिक ५०–५० हजार तलब खान्छन् ।

त्यस्तै पार्वती ओली र रेणुका गुरुङ प्रथम स्तरको कर्मचारीका रुपमा बालेनको सचिवालयमा छन् । कार्यालय सहयोगीका रुपमा कार्यरत उनीहरुको तलब करिब ३०–३० हजार छ । यससँगै महेश भण्डारी हल्ला सवारी चालक पदका कार्यरत रहेका छन् । उनले पनि ३० हजारभन्दा बढी नै तलब खान्छन् । महानगरपालिकाको वेवसाइटमा भने महानगर प्रमुखको सचिवालयमा १६ जना कार्यरत रहेका उल्लेख छ ।

सचिवालयको संख्याको कुरा त सामान्य हो । पछिल्लो समय मेयर साह अनेक विवादमा छन् । खासगरी करिब ७ महिनादेखि कार्यपालिका बैठक राख्न नसकेका कारण उनको आलोचना बढेको छ । नगर कार्यपालिकाका कोही पनि सदस्य आफ्नो पक्षमा पार्न नसकेका मेयर बालेनको दैनिकी र कार्यशैली पनि विवादित बनेको छ । रहस्यमयी कथाका राजकुमार जसरी प्रस्तुत भइरहेका बालेनले जनतासँग फेस गर्न नसकेको पनि आरोप छ ।

त्यस्तै आफ्नो कार्यकक्षमा जानका लागि मात्रै छुट्टै लिफ्ट बनाएको मात्रै होइन, बेग्लै जिमखाना बनाएको विषयले पनि बालेन विवादित छन् । अझ बजेट ल्याउने दिन नजिकिँदै जाँदा बालेनले गर्ने हरेक कामप्रति जनचासो बढेको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT