Techie IT
Tuesday, December 16, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ?

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ?


काठमाडौं । यहाँ घटना जे होस्, त्यसलाई हेर्ने दुईथरी दृष्टिकोण पहिल्यै सेट भएको हुन्छ । सत्ता पक्षले ‘एकदम ठिकठाक’ देखेको कुरालाई प्रतिपक्षले ‘हन्ड्रेड पर्सेन्ट गलत’ देख्छ । प्रतिपक्षले सुनौलो देखेको सत्यलाई सत्तापक्षले कुरुप नाटक देख्छ ।

यस्तैबीच बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा गर्दा गरेको छ । आयोगले भ्रष्टाचारी ठहर गरेर अदालतमा मुद्दा दर्तासँगै माधव नेपालको सांसद पद निलम्बनमा परेको छ ।

यससँगै यो घटनालाई हेर्ने दुईथरी नजरिया सतहमा आएको छ । कसैले कुनै मिडिया नै नहेरी वा कसैको कुनै प्रतिक्रिया नै नसुनी पनि भन्न सकिन्छ कि, मावध नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनुलाई कांग्रेस–एमालेले सुशासनका लागि सरकारको सत्प्रयास देखेका छन् भने माओवादी, एकीकृत समाजवादीलगायतले राजनीतिक प्रतिशोध साँधेको बुझिरहेका छन् । प्रष्ट छ कि, उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्यो । भ्रष्टाचार भएको ठहर गरेसँगै अदालतमा मुद्दा दर्ता भयो ।

अब अदालतले गर्ने आदेश र फैसलाअनुसार घटना अघि बढ्छ । तर हाम्रो मानसिकता यसरी सेट भएको छ कि, अब माधव नेपाल पक्राउ परे भने सरकारले पक्रेको भन्छौं, छुटे भने अदालतले छुटाएको भन्छौं ।

अब माओवादी र एकीकृत समाजवादीले त प्रतिशोध साँधेको भन्ने नै भए, जसरी यसअघि सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान हुँदा रास्वपाले रोइलो गरेको थियो, त्यसरी नै एकीकृत समाजवादीले रोनाधोना गर्नसक्छ । त्यतिबेला नेकपा एस र माओवादीका नेताहरुले त्यो कुरा विर्सने छन् कि, केही दिनअघि मात्रै कांग्रेस नेता मोहनबहादुर बस्नेत टेरामक्स घोटला प्रकरणमा मुछिएसँगै उनको सांसद पद गएको थियो ।

यो पनि स्मरणीय छ कि, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझी पनि कारागारमै छन् । पछिल्लो समय घटनाक्रमहरु अलि द्रुततर गति अघि बढेको छ । सर्वोच्चको आदेशसँगै माओवादी नेता अग्नि सापकोटलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ । यता भटाभट प्रभावशाली व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दर्ता हुन थालेको छ ।

हिजो सुशासनको नारा फलाकेर कहिल्यै नथाक्नेहरु अहिले अख्तियारमाथि नै खोट देख्न थालेका छन् । तर, अरु जे–जे भए पनि पतञ्जलीको जग्गा प्रकरणमा मात्रै होइन, बालुवाटार जग्गाकाण्डदेखि भिजिट भिसा प्रकरणसम्म र गिरीबन्धुदेखि नुवाकोटको शेरा दरबारसम्मको अनुसन्धान हुनैपर्छ । सुशासन गफमा होइन, व्यवहारमा भएको देख्न पाइयोस् !






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

Techie IT