Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ

बजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ

ग्रे लिस्टमा परेको देशको अर्थतन्त्रलाई ग्रिन लिस्टमा उकास्न सक्ला ?


काठमाडौं । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट भएको विश्लेषण भइरहेको छ । केही विपक्षी दलले विरोध गर्नैपर्ने धर्म निर्बाह गर्नेबाहेक कसैले पनि बजेटको आलोचना गरेका छैनन् ।

यतिसम्म कि, विपक्षीले समेत बजेटमाथि उतिसारो कडा टिप्पणी गरेका छैनन् । खासगरी सबैलाई रिझाउने गरी ल्याइएको बजेटबाट निजी क्षेत्र निकै उत्साहित भएको छ । निजी क्षेत्र उत्साहित हुनु भनेको देशको अर्थतन्त्र चलायमान हुने संकेत हो ।

आर्थिक संकटको जालोमा फस्न लागेको अर्थतन्त्र उकास्नका लागि अर्थमन्त्री विष्णु पौडेलले ल्याएका कार्यक्रमले नागरिकमा थोरै भए पनि आशाको दीयो बालेको छ । कुल १९ खर्बको बजेटले ल्याएका केही मूलभूत कार्यक्रमले नागरिकमा आशाको सञ्चार गरेको हो । युवा उद्यमशीलता बढाउन ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिइने कुराले युवा खुसी भएका छन् भने स्नातक तह पास गरेका शिक्षकलाई स्वयंसेवी शिक्षक बनाउने कार्यक्रमले विद्यार्थीको आत्मबल बढाएको छ ।

त्यस्तै पढ्दै गरेका विद्यार्थीलाई साताको २० घण्टा काम मिलाउने घोषणाले विद्यार्थीको मुहार खुसी छाएको छ । यसैवर्ष ५ लाख परिवारलाई जग्गाधनीपुर्जा दिने घोषणाबाट जग्गाविहीन नागरिकलाई देशमा सरकार भएको आभाष भएको छ । त्यस्तै सरकारले सहकारी पीडितको बचत फिर्ताका लागि कोष स्थापना गर्ने घोषणा गरेको छ, जसबाट सहकारी पीडितको मुहारमा खुसी छाएको छ ।

बजेट वक्तव्यमार्फत सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने र एआई सेन्टर खोल्ने घोषणा गरेको छ । जुन सूचना प्रविधिको विकास लागि महत्वपूर्ण कदम हो । महिलाका लागि उद्योग दर्ता गरे नवीकरण शुल्क नलाग्ने घोषणाले धेरैमा सकारात्मक सन्देश प्रबाह भएको छ ।

टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिने, इभी गाडीको कर नबढाउने, कलकत्तासम्म पानीजहाज सञ्चालनको लागि अध्ययन गर्ने जस्ता कार्यक्रमले बजेटको गरिमालाई बढाएको छ । तर, यो बजेट कार्यान्वयन चुनौतीपूर्ण छ । अपेक्षाअनुसार राजश्व संकलन गर्न सके र बजेट खर्च गर्न सके बजेटले देशको अर्थतन्त्रमा थोरै भए पनि सकारात्मक सञ्चार गर्ने निश्चित छ ।

चौतर्फी बढ्दो निराशा कम गर्न र ग्रे लिस्टमा परेको देशको आर्थिक अवस्थालाई ग्रिन लिस्टमा पार्न बजेट सफल होस् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT