Techie IT
Friday, July 17, 2026 | शुक्रबार, साउन १, २०८३
२०८३ साउन १, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमेयर बालेनकै कारण काठमाडौं महानगरमा तनाव, नगर प्रहरी र कर्मचारबीच घम्साघम्सी

मेयर बालेनकै कारण काठमाडौं महानगरमा तनाव, नगर प्रहरी र कर्मचारबीच घम्साघम्सी

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी, कर्मचारीले तलब पाउने बाटो खुल्यो


काठमाडौं । बिहीबार दिनभरजसो नै काठमाडौं महानगरपालिकाभित्र तनाव भइरह्यो । खासगरी मेयर बालेन शाहले नगर प्रहरी र अरु कर्मचारीलाई आपसमा भिडाएपछि महानगरमा तनाव भएको हो । आफू नेपथ्यमै बसेर मेयर बालेनले आफ्ना कर्मचारीलाई भिडाउँदा उपमेयर सुनिता डंगोलले भने समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

काठमाडौं महानगरमा तनाव बढ्नुको मूल कारण यहाँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्न दिने कि नदिने भन्ने हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ तीन महिना १४ दिनपछि बिहीबार कार्यालय फर्केका हुन् । गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । मेयर बालेन साहले भने गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरेका थिए ।

तर, नगरप्रहरीको अवरोध छिचोल्दै कर्मचारीले जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका हुन् । कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड गराएर मेयर साह भने अदृष्य बनेका छन् ।

मेयर बालेनप्रति उपमेयर ढंगोलसहित अधिकांश कर्मचारी आक्रोशित, फेसबुकमा स्टाटस लेखेर महानगर नचलाउन सुझाव

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति उपमेयर सुनिता ढंगोलसहित अधिकांश कर्मचारीले आक्रोश पोखेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई महानगर प्रहरीले कार्यालय प्रवेशमा रोक्न खोजेपछि उनीहरु मेयर शाहमाथि खनिएका हुन् । नगर प्रहरीको घेरा तोड्दै प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गराएपछि बसेको अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको आलोचना गरेकी हुन् । डंगोलले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिइन् । प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै डंगोलले अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् ।

तनावबीच काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी, अब कर्मचारीले तलब पाउने बाटो खुल्यो

३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । यससँगै महानगरका कर्मचारीको रोकिएको तलब निकासा हुनेछ ।

काठमाडौं महानगरका कर्मचारीप्रति आक्रामक बने नगर प्रहरी प्रमुख राजु पाण्डे, जबरजस्ती गरे राम्रो नहुने चेतावनी

दर्शकबृन्द, काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् । कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै उनी आक्रोशित भएका हुन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबीच टकराब भएको थियो । कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई स्वागत गरेर कार्यालयभित्र प्रवेश गराउँदा नगर प्रहरीले रोक्ने प्रयास गरेको थियो । कर्मचारीले प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा लागेको ताल्चा फुटाउने प्रयास गर्दा फेरि नगर प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा ढोकाको सिसा फुटेपछि नगर प्रमुख पाण्डे आक्रोशित बनेका थिए । उनले कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिएका छन् ।

किन प्रमुख प्रशासकीय अधिकृतको स्वागतमा गइनन् रास्वपाबाट चुनाव जितेकी वडाध्यक्ष ?

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन सबै वडाका अध्यक्षहरू महानगर कार्यालय पुग्दा वडा नम्बर १६ को वडाअध्यक्ष रोजिना श्रेष्ठ भने अनुपस्थित भएकी छन् । वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट श्रेष्ठले जितेकी हुन् । कांग्रेस एमालेका वडाध्यक्षहरु प्रशासकीय अधिकृतलाई हाजिर गराउने पक्षमा थिए । १६ नम्बरकी वडाध्यक्ष श्रेष्ठले भने यसबारे आफूलाई कसैले खबर नगरेको बताइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

Techie IT