Techie IT
Thursday, July 23, 2026 | बुधबार, साउन ६, २०८३
२०८३ साउन ६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की

जनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताए ।

‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’

उनले अगाडि भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो’, उनले भने, ‘यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ।’

त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरे । ‘हामी एक भएर मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्न पनि सकिन्छ र प्रतिक्रान्तिको खतराका विरुद्ध लडेर विजयी हुन पनि सकिन्छ,’ प्रचण्डले भने, ‘आजको दिन म सम्पूर्ण कमरेडहरुलाई एकताको निम्ति अपिल गर्दछु ।’

उनले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको जानकारी पनि उनले गराए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT