Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा

पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा


काठमाडाैं । करिब तीन महिनाअघिदेखि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले पार्टीको तर्फबाट पाउनुपर्नेजति साथ नपाएको भन्दै गुनासो गरेका छन् ।

लामिछानेसँग नियमित सम्पर्कमा रहेका रास्वपाका एक नेताका अनुसार पार्टीको भूमिका कमजोरको प्रति उनले गुनासो गरेका हुन् ।

पक्राउ पर्नेबित्तिकै पार्टीले रविको पक्षमा आन्दोलन घोषणा गरेको थियो । र, आन्दोलन चर्किँदै जाँदा पार्टीले खुट्टा झिक्यो । त्यसपछि ओइलाएको आन्दोलन तङ्ग्रिन सकेको छैन ।

लामिछाने समर्थकले कतैकतै छिटफुट प्रदर्शन गरे पनि आन्दोलन झन्पछि झन् भुत्ते हुँदै गएको छ । यसबीच प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ र मुद्दा चलाउँदैछ ।

सहकारी ठगीसँगै संगठित अपराध र सम्त्ति शुद्धीकरणमा मुद्दा चलाइँदैछ । स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा निकै पेचिलो बनेको छ ।

अहिले थुनछेक बहसपछि कास्की अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरे पनि प्रहरीले फेरि पक्रिएर रुपन्देही लैजाने र त्यहाँ पनि मुद्दा चल्ने सम्भावना प्रबल छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT