Techie IT
Saturday, July 12, 2025 | शनिबार, असार २८, २०८२
२०८२ असार २८, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा

पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा


काठमाडाैं । करिब तीन महिनाअघिदेखि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले पार्टीको तर्फबाट पाउनुपर्नेजति साथ नपाएको भन्दै गुनासो गरेका छन् ।

लामिछानेसँग नियमित सम्पर्कमा रहेका रास्वपाका एक नेताका अनुसार पार्टीको भूमिका कमजोरको प्रति उनले गुनासो गरेका हुन् ।

पक्राउ पर्नेबित्तिकै पार्टीले रविको पक्षमा आन्दोलन घोषणा गरेको थियो । र, आन्दोलन चर्किँदै जाँदा पार्टीले खुट्टा झिक्यो । त्यसपछि ओइलाएको आन्दोलन तङ्ग्रिन सकेको छैन ।

लामिछाने समर्थकले कतैकतै छिटफुट प्रदर्शन गरे पनि आन्दोलन झन्पछि झन् भुत्ते हुँदै गएको छ । यसबीच प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ र मुद्दा चलाउँदैछ ।

सहकारी ठगीसँगै संगठित अपराध र सम्त्ति शुद्धीकरणमा मुद्दा चलाइँदैछ । स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा निकै पेचिलो बनेको छ ।

अहिले थुनछेक बहसपछि कास्की अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरे पनि प्रहरीले फेरि पक्रिएर रुपन्देही लैजाने र त्यहाँ पनि मुद्दा चल्ने सम्भावना प्रबल छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति

नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका

विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन

काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन्

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको

Techie IT