Techie IT
Thursday, May 22, 2025 | बिहीबार, जेठ १०, २०८२
२०८२ जेठ १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन

घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन


काठमाडौं । सहकारीबाट लिएको ऋणको ब्याज तिर्न गोर्खा मिडियाको तर्फबाट रवि लामिछानेले चेक काटेको प्रमाण भेटिएपछि रास्वपा कार्यकर्ताको ओठ–तालु सुक्यो । रविको समान्य आलोचना हुँदा पनि ‘उम्लेको तेलमा पानी परेजस्तो’ हुने उनीहरु बक्के बसेजस्तो भएका थिए । यसैबीच रास्वपा प्रवक्ता मनिष झाले सोमबार लामिछानेको सन्देश भनेर एउटा लामो स्टाटस सार्वजनिक गरे ।

त्यसपछि केही कार्यकर्ताहरु थोरबहुत जुर्मुराए, तर चर्को स्वरमा बोल्न सकेनन् । किनकि, मनिष झाले सार्वजनिक गरेको सन्देशमा रवि लामिछानेले गल्ती स्वीकारेका छन् । झाले लामिछानेलाई उदृत गरेको उक्त सन्देशमा भनिएको छ, ‘उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ । पुरानो कुरा भएकाले बुझ्न दुई–तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ । सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो । काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो । मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ ।’

हो यहाँ, रवि लामिछानेले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । यहाँ ‘यसो यसो भएको हुनुपर्छ’ भनेको के हो भने, ‘चेकमा हस्ताक्षर गरेर राखेको थियो, कसले काटिदियो थापा भएन ।’ र, मिडियामा आएको कुरा पनि यहीं नै हो । तर, मिडियाप्रति लामिछाने झन् आक्रोशित भएका छन् । लामिछानेलाई भेटेपछि झाले भनेका छन्, ‘केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ । हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो । प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो । अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर–छेकेर राखिएको छ । यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन ।’

जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न खोजेको उनीहरुको बुझाइ छ । उनीहरुको प्रश्न छ, ‘जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो ? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला ! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो । हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन ।’

यसरी लामिछानेले घुमाउरो पारामा सहकारीलाई ब्याज तिरेको स्वीकारेपछि कार्यकर्तालाई सभापतिको डिफेन्स गर्नसमेत कठिन भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र

शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि

काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट

न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज…

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र

Techie IT