Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन

घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन


काठमाडौं । सहकारीबाट लिएको ऋणको ब्याज तिर्न गोर्खा मिडियाको तर्फबाट रवि लामिछानेले चेक काटेको प्रमाण भेटिएपछि रास्वपा कार्यकर्ताको ओठ–तालु सुक्यो । रविको समान्य आलोचना हुँदा पनि ‘उम्लेको तेलमा पानी परेजस्तो’ हुने उनीहरु बक्के बसेजस्तो भएका थिए । यसैबीच रास्वपा प्रवक्ता मनिष झाले सोमबार लामिछानेको सन्देश भनेर एउटा लामो स्टाटस सार्वजनिक गरे ।

त्यसपछि केही कार्यकर्ताहरु थोरबहुत जुर्मुराए, तर चर्को स्वरमा बोल्न सकेनन् । किनकि, मनिष झाले सार्वजनिक गरेको सन्देशमा रवि लामिछानेले गल्ती स्वीकारेका छन् । झाले लामिछानेलाई उदृत गरेको उक्त सन्देशमा भनिएको छ, ‘उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ । पुरानो कुरा भएकाले बुझ्न दुई–तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ । सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो । काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो । मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ ।’

हो यहाँ, रवि लामिछानेले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । यहाँ ‘यसो यसो भएको हुनुपर्छ’ भनेको के हो भने, ‘चेकमा हस्ताक्षर गरेर राखेको थियो, कसले काटिदियो थापा भएन ।’ र, मिडियामा आएको कुरा पनि यहीं नै हो । तर, मिडियाप्रति लामिछाने झन् आक्रोशित भएका छन् । लामिछानेलाई भेटेपछि झाले भनेका छन्, ‘केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ । हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो । प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो । अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर–छेकेर राखिएको छ । यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन ।’

जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न खोजेको उनीहरुको बुझाइ छ । उनीहरुको प्रश्न छ, ‘जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो ? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला ! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो । हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन ।’

यसरी लामिछानेले घुमाउरो पारामा सहकारीलाई ब्याज तिरेको स्वीकारेपछि कार्यकर्तालाई सभापतिको डिफेन्स गर्नसमेत कठिन भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT