Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?


काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः तुहिएको छ । पार्टीभित्रको आन्तरिक किचलो र नेताहरुबीच प्रतिष्ठाको लडाइँ चुलिएपछि रास्वपाको उक्त आन्दोलन तुहिएको हो ।

भन्न त रास्वपाले उपनिर्वाचनमा केन्द्रित हुनेगरी आन्दोलनको स्वरुप फेरेको भनेर कार्यकर्ताको आँखामा छारो हालिरहेको छ । तर, कुनै विचार र एजेण्डाबाट प्रेरित नभएका कारण नै रास्वपाको आन्दोलन यतिछिट्टै सेलाएको हो । मूलतः सहकारी ठगी प्रकरणमा पक्राउ परेका आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भनेर जनताको मन जित्ने रास्वपाको प्रयास असफल भएको हो । यसले रास्वपाको अपरिपक्व र अदुरदर्शी राजनीतिक चरित्रलाई झन् छर्लङ्ग पारेको छ ।

प्रष्ट छ कि, रवि लामिछाने कुनै राजनीतिक आन्दोलनका क्रममा पक्राउ परेका होइनन् । रास्वपाले जबरजस्त ‘प्रतिशोध’को लेप लगाएर रवि पक्राउलाई राजनीतिक रंग दिन खोजे पनि सचेत नागरिकले पत्याउनेवाला छैनन् अर्थात् पत्याएनन् । किनकि, रवि सहकारी ठगीमा पक्राउ परेका हुन् र उनीमाथि संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । तर, रास्वपाले नीलो क्रान्तिकै नाम दिएर आन्दोलन गर्यो ।

न्यायालयलाई प्रभावित नपार्ने पनि भन्ने अनि रविलाई बयानका लागि जहाँ–जहाँ लग्यो, त्यहाँ–त्यहाँ पुगेर आन्दोलन गर्दा रास्वपालाई हेर्ने जनताको नजर विग्रँदै गएको थियो । सोही कारण रास्वपाभित्र पनि किचलो बढेको थियो । जुन कुरा बुधबारको केन्द्रीय समिति बैठकबाट छर्लङ्ग भयो ।

आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने धारणा राखेका थिए ।

केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए । बैठकमा रास्वपाका केही नेताहरूले रवि लामिछानेमा मात्रै केन्द्रित हुने कि पार्टी निर्माणमा अगाडि बढ्ने भनी प्रश्न पनि गरेका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT