Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपन्देही अदालतमा रविविरुद्ध छुट्टै मुद्दा दर्ता हुने

रुपन्देही अदालतमा रविविरुद्ध छुट्टै मुद्दा दर्ता हुने

स्वर्णलक्ष्मीको अपचलनबारे बयानका लागि काठमाडौं ल्याइँदै


काठमाडौं । रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि छुट्टै मुद्दा दर्ता हुने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको छ । र, त्यहाँ उनको बयान लिन सुरु गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले ऋण लिएको देखिएको छ । २ करोड ऋणमध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो ।

कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर मंगलबार काठमाडौं पठाइएको छ । लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT