Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी

रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड…

काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् ।

केपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ…

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘समानान्तर सत्ता’ चलाउने गरेको आरोप

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा

रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल

Techie IT