Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट

प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट


काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको हो । सम्पत्ति शुद्धीकरणको मुद्धामा मालपोत कार्यालयबाट विवरण मगाइएको र बैंक स्टेटमेन्ट ल्याएर विश्लेषण गर्नका लागि प्रहरीले थप समय मागेको हो ।

रविले पटक पटक दिएको बयान, संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, पोखरा महानगर र प्रहरी आफैंले सूर्यदर्शन सहकारीमाथि तयार पारेको वित्तीय प्रतिवेदनको अध्ययन भने सकिएको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT