Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पार्टीमा आन्तरिक किचलो बढेको छ । कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद बढेको हो ।

बाहिर सहीसलामत देखिए पनि आन्तरिक गुट तथा किचलोले रास्वपा नराम्ररी ग्रस्त भएको छ । रास्वपामा कार्यवाहक सभापतिको रुपमा उपसभापति अर्यालले आफूलाई प्रस्तुत गर्न लागेपछि वाग्ले रुष्ट भएका छन् ।

पछिल्लो समय आन्दोलन जारी रहेकै बेलामा उपसभापति अर्यालले हिरासतमा रहेका सभापति लामिछानेको मुद्दा कमजोर बनाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेपछि उपसभापतिद्वयबीच तिक्तता निकै बढेको हो । गत सोमबार उपसभापति अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मासँग सामूहिक सल्लाह बेगर भेटेको भन्दै वाग्ले बढी रुष्ट भएका हुन् ।

यसअघि कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तोकेको कार्यविभाजन विपरीत उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको वाग्लेको आरोप छ । सोही केन्द्रीय समितिको बैठकले आन्दोलनको जिम्मा उपसभापति अर्याललाई दिँदै उनलाई आन्दोलन सञ्चालन मूल समितिको संयोजक बनाएको थियो भने अर्का उपसभापति वाग्लेले राजनीतिक नागरिक संवाद समितिको जिम्मा पाएका थिए । तर, केन्द्रीय समिति बैठकद्वारा गठित समितिको कार्यादेश विपरीत उपसभापति अर्यालले आफूलाई लत्याएर अन्य दलका शीर्ष नेताहरुलाई भेट गरेपछि वाग्ले रुष्ट भएका हुन् ।

प्रहरी हिरासतमा रहेका सभापति लामिछाने पनि उपसभापति अर्यालप्रति लचिलो बनेको र अघोषितरुपमा कार्यवाहक सभापतिको जिम्मा समेत उनैलाई दिइएको भन्दै वाग्ले सशंकित बनेका छन् । पार्टी गठनको सुरुवातदेखि नै साथ दिएका अर्यालप्रति सभापति लामिछाने नरम देखिएका छन् । पार्टीले सहभागिता जनाउने प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा पनि अर्याल नै सहभागी हुने गरेको र गत साता प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि कार्यवाहक सभापतिको रुपमा आफैं सहभागी भएर हस्ताक्षर गरे पछि वाग्ले थप चिढिएको बुझिएको छ ।

बुझिएअनुसार उपसभापति अर्याल आन्दोलनलाई भन्दा शीर्ष नेतासहित प्रधानमन्त्रीको सदाशहायता लिएर सभापति लामिछानेलाई छुटाउनुपर्ने पक्षमा रहेका छन् भने वाग्ले सडक आन्दोलन चर्काउनुपर्ने अडानमा छन् । यसैबीच मंगलबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप १० दिन म्याद थपेको छ ।

कास्की प्रहरीले जिल्ला अदालतमा लैजाँदै गर्दा आन्दोलनरत रास्वपाका कार्यकर्ताले आक्रोशित भएर पोखरामा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । सभापति लामिछाने पक्राउविरुद्ध सडकमा सरकार विरोधी नाराबाजी गर्दै आक्रोश व्यक्त गरिहेको रास्वपाको आन्तरिक जीवनमा समेत संकट उत्पन्न हुन थालेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT