Techie IT
Monday, June 16, 2025 | सोमबार, असार २, २०८२
२०८२ असार २, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पार्टीमा आन्तरिक किचलो बढेको छ । कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद बढेको हो ।

बाहिर सहीसलामत देखिए पनि आन्तरिक गुट तथा किचलोले रास्वपा नराम्ररी ग्रस्त भएको छ । रास्वपामा कार्यवाहक सभापतिको रुपमा उपसभापति अर्यालले आफूलाई प्रस्तुत गर्न लागेपछि वाग्ले रुष्ट भएका छन् ।

पछिल्लो समय आन्दोलन जारी रहेकै बेलामा उपसभापति अर्यालले हिरासतमा रहेका सभापति लामिछानेको मुद्दा कमजोर बनाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेपछि उपसभापतिद्वयबीच तिक्तता निकै बढेको हो । गत सोमबार उपसभापति अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मासँग सामूहिक सल्लाह बेगर भेटेको भन्दै वाग्ले बढी रुष्ट भएका हुन् ।

यसअघि कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तोकेको कार्यविभाजन विपरीत उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको वाग्लेको आरोप छ । सोही केन्द्रीय समितिको बैठकले आन्दोलनको जिम्मा उपसभापति अर्याललाई दिँदै उनलाई आन्दोलन सञ्चालन मूल समितिको संयोजक बनाएको थियो भने अर्का उपसभापति वाग्लेले राजनीतिक नागरिक संवाद समितिको जिम्मा पाएका थिए । तर, केन्द्रीय समिति बैठकद्वारा गठित समितिको कार्यादेश विपरीत उपसभापति अर्यालले आफूलाई लत्याएर अन्य दलका शीर्ष नेताहरुलाई भेट गरेपछि वाग्ले रुष्ट भएका हुन् ।

प्रहरी हिरासतमा रहेका सभापति लामिछाने पनि उपसभापति अर्यालप्रति लचिलो बनेको र अघोषितरुपमा कार्यवाहक सभापतिको जिम्मा समेत उनैलाई दिइएको भन्दै वाग्ले सशंकित बनेका छन् । पार्टी गठनको सुरुवातदेखि नै साथ दिएका अर्यालप्रति सभापति लामिछाने नरम देखिएका छन् । पार्टीले सहभागिता जनाउने प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा पनि अर्याल नै सहभागी हुने गरेको र गत साता प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि कार्यवाहक सभापतिको रुपमा आफैं सहभागी भएर हस्ताक्षर गरे पछि वाग्ले थप चिढिएको बुझिएको छ ।

बुझिएअनुसार उपसभापति अर्याल आन्दोलनलाई भन्दा शीर्ष नेतासहित प्रधानमन्त्रीको सदाशहायता लिएर सभापति लामिछानेलाई छुटाउनुपर्ने पक्षमा रहेका छन् भने वाग्ले सडक आन्दोलन चर्काउनुपर्ने अडानमा छन् । यसैबीच मंगलबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप १० दिन म्याद थपेको छ ।

कास्की प्रहरीले जिल्ला अदालतमा लैजाँदै गर्दा आन्दोलनरत रास्वपाका कार्यकर्ताले आक्रोशित भएर पोखरामा निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । सभापति लामिछाने पक्राउविरुद्ध सडकमा सरकार विरोधी नाराबाजी गर्दै आक्रोश व्यक्त गरिहेको रास्वपाको आन्तरिक जीवनमा समेत संकट उत्पन्न हुन थालेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै

राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श

काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ ।

छिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क…

काठमाडाैं । माओवादीले छाडेपछि रास्वपा र राप्रपा मात्रै एकै ठाउँमा आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीति स्वार्थका

अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार…

काठमाडाैं । कुनैबेला   हरेक  शुक्रबार  सामाजिक सञ्जालमा स्टाटस लेख्ने बालेन साह अचेल मौन छन् । सरकारलाई सराप्दा–सराप्दा हैरान भएपछि ‘के

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’

काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको

Techie IT