Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन दुर्गा प्रसाईं र बालेनसँग आत्तिइरहेछ सरकार ?

किन दुर्गा प्रसाईं र बालेनसँग आत्तिइरहेछ सरकार ?


काठमाडौं । अहिले देशमा रास्वपा सभापति रवि लामिछानेपछि अरु दुई पात्रको चर्चा ज्यादा छ । तीमध्ये एक हुन्, विवादित छविका व्यवसायी दुर्गा प्रसाईं ।

विगतमा सांसदसँगै मन्त्री हुने लोभमा माओवादीबाट एमालेमा छिरेका र त्यहाँ टिकट नपाउने निश्चित भएपछि अभियन्ता भनेर हिँडेका प्रसाईंका गतिविधिले धेरैको ध्यान खिचेको छ । खासगरी झापाको बि एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने कि नपाउने भन्ने विवादबीच ऋणले थिचिएपछि उनी आमऋणीलाई ऋणमुक्त गराउने भन्दै हिँड्न थाले ।

प्रसाईंको वरिपरी हिँड्नेबित्तिकै ऋण तिर्नै नपर्ने भनेपछि नहिँड्ने को ? त्यसपछि बिनासुझबुझ सर्वसाधारण नागरिकले दुर्गा प्रसाईंको जयजयकार नै गर्न थाले । जब पीडित जनताको साथ पाए, तब प्रसाईं क्रमशः उग्र बन्न थाले । मनलाग्दी बोल्न थाले, सामाजिक सञ्जालमा अनेक नाटक गर्न थाले ।

प्रसाईंको नौटंकीलाई कतिपय सोझा नागरिकले पत्याए पनि । त्यसकै जगमा विद्रोहको धम्की दिन थालेका प्रसाईलाई बुधबार पक्राउ पुजी जारी भएको छ । साइबर अपराधका कारण प्रसाईलाई पक्राउ पुजी जारी भएको हो । तर प्रसाईंले मधेशमा हुने कार्यक्रमलाई प्रभावित पार्न सरकारले आफूविरुद्ध पक्राउ पुजी जारी गरेको जिकिर गरिरहेका छन् । हुनतः प्रसाईंलाई यो व्यवस्थाले नै यस्तो नीच र उग्र बनाएको हो ।

विगतमा प्रचण्ड र ओलीका प्रिय पात्र बनेका प्रसाईं अहिले उनीहरुकै लागि घाँडो हुने परिस्थिति त्यस्तै निम्तिएको हो । यसमा प्रचण्ड–ओली नै जिम्मेवार छन् । बैंकको ऋण तिर्नै पर्दैन भनेर मनलाग्दी भाषण गर्दै हिँड्ने तागत कसले दियो, प्रसाईंलाई ? यो निकै गम्भीर विषय हो ।

अझै पनि उनका हरकर्तुतलाई मुकदर्शक बनेर हेर्ने हो भने ‘नपत्याउँदो खोलाले बगाउँछ’ भन्ने उखान चरितर्थ हुने निश्चित छ ।

त्यस्तै अहिलेका अर्का चर्चित पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । अघिल्लो स्थानीय तह निर्वाचनपछि अधिकांश नेपालीको मन–मस्तिष्कमा गडिलो तरिकाले इन्ट्री मारेको एउटा नाम हो यो । उक्त निर्वाचनको पूर्वसन्ध्यामा उनी खुबै मिडियामा छाए । लगभग सबैजसो स्याटलाइट टिभीलाई अन्तरवार्ता दिए । चलेका पडकास्ट र युट्युव च्यानलसम्म आफैं धाए ।

उनले मासमिडियासँगै सोसल मिडियाको पनि भरपूर प्रयोग गरे । रुटिनेलगायतका ग्रुपमार्फत् आम युवामाझ पुगे । यसै पनि ¥यापरको हिसाबमा युवा समूहबीच परिचित बालेनलाई चुनावलक्षित क्याम्पेनले झन् चिनायो । सटिक ढंगमा गहकिलो तर्क गर्नसक्ने खुबीका कारण बालेनलाई धेरैले मन पराए । सुरुमा ख्यालख्याल ठानेका राजनीतिक दलका कार्यकर्ताले विस्तारै भन्न थाले, ‘बालेनले जसको बढी भोट काट्छ, उसले हार्छ ।’ तर बालेनचाहिँ भोटको डिजिटसहित आत्मविश्वासका साथ चुनाव जित्ने घोषणा गरिरहेका हुन्थे । चुनावको मुखैमा आइपुग्दा पनि दलका कार्यकर्तासँगै राजनीतिमा चासो राख्नेहरूले पत्याएका थिएनन् कि– बालेनले चुनाव जित्छन् भनेर ।

हप्तैपिच्छे ‘भोट बढाउने भयो बालेनले’ भन्दै २० हजारसम्म पु¥याउने आँकलन हुन थालेको थियो । तर, बालेनले चुनाव जिते । उनीहरू जिल खाए । चुनाव जितेपछि बालेनको झन् ‘हाई–हाई’ भयो । केही समय काठमाडौंको फोहोर संकलन र व्यवस्थापनको विषयले बालेनलाई विवादित पनि बनायो । तर, फोहोर उठेसँगै बालेनको विरोध पनि हरायो । त्यसपछि काठमाडौंमा सडक अतिक्रमण गरेर बनाएका संरचना भत्काउने अभियानले बालेनको चर्चा चुलीमा पुग्यो ।

बानेश्वरको अल्फाबिटा बिल्डिङदेखि सुन्धारास्थित काठमाडौं मलको आँगनमा डोजर घुमाएपछि बालेनका फ्यानहरूको फुर्ती थामिनसक्नुको भयो । त्यसपछि फुटपाथका व्यापारी हटाएर हौसिएका बालेन सुकुम्बासी बस्तीमा डोजर चलाउन पुगे । ‘सुकुम्बासीका नाममा सुनको सिक्री लगाउनेलाई गलहत्याउनु पर्छ’ भन्दै बालेन समर्थकले बानेश्वर र माइतीघरमा प्रदर्शन नै गर्न थाले । मान्छेको खुसीबिनाको सौन्दर्य निरर्थक हुन्छ’ भन्ने भावनामाथि पनि बालेनले डोजरै चलाए ।

सहरका सम्भ्रान्त वर्ग र दुःख नभोगेका युवाले बालेनलाई एकोहोरो हौस्याइरहे, हौस्याइरहेका छन् । परिणामतः अहिले बालेन कहिले सिंहदरबार जलाइदिन्छु भन्छन् त कहिले सिंहदरबार अगाडि लगेर फोहोर थुपार्छन् । तै पनि युवाहरु उनको हाईहाई नै गर्छन् ।

अझ उनी जति धेरै अराजक हुन्छन्, उतिधेरै प्रिय हुन्छन् । पछिल्लो घटनाक्रम र उनका स्टाटसले देखाएको छ कि, बालेन जति असहिष्णु त कोही पनि छैन । तर पनि उनका अनुयायीहरु उत्तिकै आकर्षित छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT