Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन दुर्गा प्रसाईं र बालेनसँग आत्तिइरहेछ सरकार ?

किन दुर्गा प्रसाईं र बालेनसँग आत्तिइरहेछ सरकार ?


काठमाडौं । अहिले देशमा रास्वपा सभापति रवि लामिछानेपछि अरु दुई पात्रको चर्चा ज्यादा छ । तीमध्ये एक हुन्, विवादित छविका व्यवसायी दुर्गा प्रसाईं ।

विगतमा सांसदसँगै मन्त्री हुने लोभमा माओवादीबाट एमालेमा छिरेका र त्यहाँ टिकट नपाउने निश्चित भएपछि अभियन्ता भनेर हिँडेका प्रसाईंका गतिविधिले धेरैको ध्यान खिचेको छ । खासगरी झापाको बि एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने कि नपाउने भन्ने विवादबीच ऋणले थिचिएपछि उनी आमऋणीलाई ऋणमुक्त गराउने भन्दै हिँड्न थाले ।

प्रसाईंको वरिपरी हिँड्नेबित्तिकै ऋण तिर्नै नपर्ने भनेपछि नहिँड्ने को ? त्यसपछि बिनासुझबुझ सर्वसाधारण नागरिकले दुर्गा प्रसाईंको जयजयकार नै गर्न थाले । जब पीडित जनताको साथ पाए, तब प्रसाईं क्रमशः उग्र बन्न थाले । मनलाग्दी बोल्न थाले, सामाजिक सञ्जालमा अनेक नाटक गर्न थाले ।

प्रसाईंको नौटंकीलाई कतिपय सोझा नागरिकले पत्याए पनि । त्यसकै जगमा विद्रोहको धम्की दिन थालेका प्रसाईलाई बुधबार पक्राउ पुजी जारी भएको छ । साइबर अपराधका कारण प्रसाईलाई पक्राउ पुजी जारी भएको हो । तर प्रसाईंले मधेशमा हुने कार्यक्रमलाई प्रभावित पार्न सरकारले आफूविरुद्ध पक्राउ पुजी जारी गरेको जिकिर गरिरहेका छन् । हुनतः प्रसाईंलाई यो व्यवस्थाले नै यस्तो नीच र उग्र बनाएको हो ।

विगतमा प्रचण्ड र ओलीका प्रिय पात्र बनेका प्रसाईं अहिले उनीहरुकै लागि घाँडो हुने परिस्थिति त्यस्तै निम्तिएको हो । यसमा प्रचण्ड–ओली नै जिम्मेवार छन् । बैंकको ऋण तिर्नै पर्दैन भनेर मनलाग्दी भाषण गर्दै हिँड्ने तागत कसले दियो, प्रसाईंलाई ? यो निकै गम्भीर विषय हो ।

अझै पनि उनका हरकर्तुतलाई मुकदर्शक बनेर हेर्ने हो भने ‘नपत्याउँदो खोलाले बगाउँछ’ भन्ने उखान चरितर्थ हुने निश्चित छ ।

त्यस्तै अहिलेका अर्का चर्चित पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । अघिल्लो स्थानीय तह निर्वाचनपछि अधिकांश नेपालीको मन–मस्तिष्कमा गडिलो तरिकाले इन्ट्री मारेको एउटा नाम हो यो । उक्त निर्वाचनको पूर्वसन्ध्यामा उनी खुबै मिडियामा छाए । लगभग सबैजसो स्याटलाइट टिभीलाई अन्तरवार्ता दिए । चलेका पडकास्ट र युट्युव च्यानलसम्म आफैं धाए ।

उनले मासमिडियासँगै सोसल मिडियाको पनि भरपूर प्रयोग गरे । रुटिनेलगायतका ग्रुपमार्फत् आम युवामाझ पुगे । यसै पनि ¥यापरको हिसाबमा युवा समूहबीच परिचित बालेनलाई चुनावलक्षित क्याम्पेनले झन् चिनायो । सटिक ढंगमा गहकिलो तर्क गर्नसक्ने खुबीका कारण बालेनलाई धेरैले मन पराए । सुरुमा ख्यालख्याल ठानेका राजनीतिक दलका कार्यकर्ताले विस्तारै भन्न थाले, ‘बालेनले जसको बढी भोट काट्छ, उसले हार्छ ।’ तर बालेनचाहिँ भोटको डिजिटसहित आत्मविश्वासका साथ चुनाव जित्ने घोषणा गरिरहेका हुन्थे । चुनावको मुखैमा आइपुग्दा पनि दलका कार्यकर्तासँगै राजनीतिमा चासो राख्नेहरूले पत्याएका थिएनन् कि– बालेनले चुनाव जित्छन् भनेर ।

हप्तैपिच्छे ‘भोट बढाउने भयो बालेनले’ भन्दै २० हजारसम्म पु¥याउने आँकलन हुन थालेको थियो । तर, बालेनले चुनाव जिते । उनीहरू जिल खाए । चुनाव जितेपछि बालेनको झन् ‘हाई–हाई’ भयो । केही समय काठमाडौंको फोहोर संकलन र व्यवस्थापनको विषयले बालेनलाई विवादित पनि बनायो । तर, फोहोर उठेसँगै बालेनको विरोध पनि हरायो । त्यसपछि काठमाडौंमा सडक अतिक्रमण गरेर बनाएका संरचना भत्काउने अभियानले बालेनको चर्चा चुलीमा पुग्यो ।

बानेश्वरको अल्फाबिटा बिल्डिङदेखि सुन्धारास्थित काठमाडौं मलको आँगनमा डोजर घुमाएपछि बालेनका फ्यानहरूको फुर्ती थामिनसक्नुको भयो । त्यसपछि फुटपाथका व्यापारी हटाएर हौसिएका बालेन सुकुम्बासी बस्तीमा डोजर चलाउन पुगे । ‘सुकुम्बासीका नाममा सुनको सिक्री लगाउनेलाई गलहत्याउनु पर्छ’ भन्दै बालेन समर्थकले बानेश्वर र माइतीघरमा प्रदर्शन नै गर्न थाले । मान्छेको खुसीबिनाको सौन्दर्य निरर्थक हुन्छ’ भन्ने भावनामाथि पनि बालेनले डोजरै चलाए ।

सहरका सम्भ्रान्त वर्ग र दुःख नभोगेका युवाले बालेनलाई एकोहोरो हौस्याइरहे, हौस्याइरहेका छन् । परिणामतः अहिले बालेन कहिले सिंहदरबार जलाइदिन्छु भन्छन् त कहिले सिंहदरबार अगाडि लगेर फोहोर थुपार्छन् । तै पनि युवाहरु उनको हाईहाई नै गर्छन् ।

अझ उनी जति धेरै अराजक हुन्छन्, उतिधेरै प्रिय हुन्छन् । पछिल्लो घटनाक्रम र उनका स्टाटसले देखाएको छ कि, बालेन जति असहिष्णु त कोही पनि छैन । तर पनि उनका अनुयायीहरु उत्तिकै आकर्षित छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT