Techie IT
Monday, July 7, 2025 | सोमबार, असार २३, २०८२
२०८२ असार २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारी ठगीमा दोषी ठहरिए रवि लामिछाने

सहकारी ठगीमा दोषी ठहरिए रवि लामिछाने


काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका छन् ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।

समितिको छानबिनमा लामिछाने दोषी देखिएका छन् । विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ ।

समितिले गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको पनि जनाएको छ । रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएको समितिको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा

रिहा भए काठमाडौं टावरका ठेकेदार मनोज भेटवाल, पक्राउपछि एक हप्ता…

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् । चेक बाउन्सको उजुरीका आधारमा गत

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा  

काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मुख खोलेपछि मेयर बालेन साह अप्ठेरोमा परेका छन् । काठमाडौं

जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई…

काठमाडौं । जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT