गृहपृष्ठ ∕ मुख्यपत्र ∕ फेरि ब्युँतने भयो रवि लामिछानेको दोहोरो पासपोर्ट विवाद फेरि ब्युँतने भयो रवि लामिछानेको दोहोरो पासपोर्ट विवाद स्वर्णपत्र मंगलबार, २०८१ भदौ २५ गते, १२:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको राहदानी प्रकरणको मुद्धा फेरि ब्युँतने भएको छ । भर्खरै सहकारी प्रकरणमा बयान दिइसकेका लामिछानेको राहदानीसम्बन्धी मुद्दा पनि ब्युँताउन लागिएको हो । २०७९ साल चैतमा तत्कालीन सरकारले रोकेको मुद्धालाई अहिलेको सरकारले ब्युँताउनका लागि महान्यायाधिवक्तासँग छलफलसमेत गरिसकेको बुझिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २०७९ चैतमा दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएपछि रोकिएको थियो । प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो । उच्चले पनि सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । उतिबेला महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरे पनि यो निर्णयमाथि नै न्यायिक परीक्षणको बाटो भने खुला भएकाले यसबारे छलफल थालिएको बुझिएको छ । रविले अमेरिकी र नेपाली पासपोर्ट एक साथ प्रयोगमा ल्याएको भन्दै उजुरी परेको थियो । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालाको सीमानामा गोली हानी हत्या काठमाडौं । नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न