Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रहरीसँग रविले भने- सहकारीको रकम मिडियामा लगानी गरेकोबारे थाहा छैन

प्रहरीसँग रविले भने- सहकारीको रकम मिडियामा लगानी गरेकोबारे थाहा छैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले लिएको बयानमा काठमाडौँमा उनले यसबारे आफूलाई थाहा नभएको बताएका हुन् । कास्की प्रहरी काठमाडौंमै आएर उनीसँग बयान लिएको थियो ।

अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । छानबिन र अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीको साढे ५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको पत्ता लागेको छ ।

सहकारीका पीडित बचतकर्ताले २०८० साउन २२ गते प्रहरीमा जाहेरी दिएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

रास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्। आइतबार सामाजिक

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका

आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ

Techie IT