Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसञ्चारकर्मीको प्रश्नमा आक्रोशित हुँदै ओलीले भने- गिरीबन्धुबारे बालेनलाई सोध्नू

सञ्चारकर्मीको प्रश्नमा आक्रोशित हुँदै ओलीले भने- गिरीबन्धुबारे बालेनलाई सोध्नू


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन् । मेयर शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसप्रति एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा गिरिबन्धु टिस्टेटको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नू’ भन्ने प्रतिक्रिया दिएका थिए ।

मेयर बालेनले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका थिए ।

उनले लेखेका थिए, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू। झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागीताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

पछिल्लो समय मेयर बालेन एमालेप्रति आक्रामक ढंगमा प्रस्तुत भइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT