Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूरा होला माओवादी, नेकपा एस र जसपाबीच एकता गर्ने प्रचण्डको सपना ?

पूरा होला माओवादी, नेकपा एस र जसपाबीच एकता गर्ने प्रचण्डको सपना ?


काठमाडौं । सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छटपटी बढेको छ । र, अब फेरि सत्तामा पुग्न सजिलो नभएको कल्पनाले उनी आत्तिएका पनि छन् । त्यहीं छटपटी र अत्यासको परिणामस्वरुप उनले अहिले विभिन्न राजनीतिक दलसँग एकताको पहल थालेका छन् ।

जसअन्तर्गत अहिले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच पार्टी एकताको प्रक्रिया सुरु भएको भनिएको छ । यतिसम्म कि, माओवादी अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने ललिपप देखाएर पार्टी एकताको प्रयास गरिरहेको बुझिएको छ । र, माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्दर्भमा केही प्रगति भएको नेकपा एसनिकत स्रोतको दाबी छ ।

पार्टीभित्रै पनि घेराबन्दीको सामना गरिरहेका प्रचण्डले नेकपा एस र जसपालाई साथमा लिएर शक्ति बढाउन खोजेको प्रष्ट बुझिन्छ । हो, माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर नेतृत्व क्षमतामाथि नै प्रश्न उठाइएका छन् । त्यहीं क्रममा प्रचण्डले एकता प्रयास थालेका छन् । यता, माधव नेपाल पनि पार्टी जोगाउनुपर्ने बाध्यतामा छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डरमा छन्, माधव नेपाल । हुन त, राजेन्द्र पाण्डेसहितको एउटा टोली माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT