Techie IT
Saturday, July 12, 2025 | शनिबार, असार २८, २०८२
२०८२ असार २८, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसार्वजनिक यातायातमा रास्वपाका नेता: नौटंकी कि जिम्मेवारीबोध ?

सार्वजनिक यातायातमा रास्वपाका नेता: नौटंकी कि जिम्मेवारीबोध ?


काठमाडौं । जनताले भोग्नुपरेको सास्ती बुझ्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेताहरुलाई पाँच दिनसम्म सार्वजनिक यातायात चढ्न उर्दी जारी गरेको छ । र, त्यसैअनुसार आइतबार रास्वपाका नेताहरु करोडौंको निजी सवारीसाधन निवासमै थन्क्याएर सार्वजनिक यातायातमा सवार भए ।

खासगरी जनताको समस्या बुझेर संसदमा आवाज उठाउनका लागि भन्दै उनीहरुले सार्वजनिक सवारीसाधनको यात्रा गर्ने योजना बनाएका हुन् । तर, उनीहरुको यो कदमलाई धेरैले फण्डाका रुपमा बुझेका छन् । कतिपयले रास्वपालाई ‘सरकारमा हुँदा केही काम नगर्ने तर प्रतिपक्षमा गएपछि नौटंकी गर्न खप्पिस’ भनेर पनि टिप्पणी गरिरहेका छन् ।

सार्वजनिक यातायात सुधारका लागि आवश्यक नीति बनाउन पहिला समस्याको पहिचान गर्नुपर्ने भन्दै रास्वपा नेताहरूले यो अभियान चलाएका हुन् । सार्वजनिक यातायातमा नागरिकले भोग्नुपरेको समस्या र त्यसको सुधारका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति

नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका

विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन

काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन्

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको

Techie IT